कैलालीको वन क्षेत्रमा यसवर्ष डढेलोको कारण तुलनात्मक अन्य वर्षभन्दा कम क्षति भएको छ । मुलुकको विभिन्न क्षेत्रका वनमा डढेलोका कारण ठूलो क्षति भइरहेका बेला कैलालीमा क्षति कम भएको हो ।
खेलकुद बीमालेखको मस्यौदामा बिहीबार छलफल भएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको जोखिम बहन गराउने उद्येश्यबाट खेलकुद विमालेख तयार गर्न लागिएको हो ।
बलेफी गाउँपालिका –८ बसेरीदेखि टोप्कासम्मको उच्च जोखिमयुक्त भीरमा स्टिल रेलिङसहित फ्ल्याग स्टोन बाटो निर्माण गरिएको छ । बाँदर लड्ने भीरमा स्टिल बाटो बनेपछि स्थानीयहरु हर्षित भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको तयारी पूरा भएको छ ।
अर्थतन्त्रमा आएको शिथिलता अहिलेको मूलभूत समस्या भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुक खेल क्षेत्रमा अगाडि बढिरहेको बताउनु भएको छ । दाङको बंगलाचूली आज (बिहीबार)बाट सुरु भएको तेस्रो बंगलाचूलीमा कप खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मन्त्री शर्माले यस्तो बताउनु भएको हो ।
अघिल्ला दुई दिनको तुलनामा आज (बिहीबार) भारतमा कोरोनाका बिरामी घटेका छन् । बुधबारको तुलनामा आज कोभिडका बिरामी घटेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं महानगरपालिकाले वडा नं. १६ बालाजुमा रहेको कोतः धुकु आयल स्टोरमा शिलबन्दी गरेको छ । वैशाख ६ गतेको प्रमुख स्तरीय निर्णयबाट आज (बिहीबार) शिलबन्दी गरिएको हो ।
छायाँनाथ रारा नगरपालिका–१२ सोभागाउँका राममाया बुढाको पाँच जनाको परिवार पुस्तौँदेखि दियालोकै भरमा छ । गाउँमा बिजुली नपुग्दा उहाँ अझै पनि सल्ले झर्रोको भरमा रात कटाउन बाध्य हुनुहुन्छ ।
बाँकेको खजुरा गाउँपालिका –२ ‘ए गाउँ’ का अगुवा किसान लालबहादुर खत्रीको बारीमा यतिबेला लटरम्म टमाटर फलेको छ । बारीभरी टमाटर भए पनि गोदाम पनि भरिएको छ । बजारमुल्य नपाएपछि खत्रीले टमाटर फालेर विरोध गर्नुभएको छ ।
काठमाडौं महानगरपालिकाले महानगर भित्रका केही विद्यालयमा राजनीतिक दल तथा तीनका भातृ सङ्गठनका कार्यक्रम सञ्चालन भएकामा ध्यानाकर्षण भएको जनाएको छ ।
परराष्ट्र सचिव भरतराज पौड्यालले विगत १०० वर्षमा नेपाल–बेलायत सम्बन्धको विकासका लागि जग प्रदान गरेको बताउनुभएको छ ।
नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वैशाख १० मा सम्पन्न उपनिर्वाचनमा एमालेको जित नभए पनि दुःखी भैहाल्ने अवस्था नरहेको बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा एमालेको अभियान ‘मिशन ग्रासरुट’ सम्बन्धी प्रादेशिक कार्यक्रममा सहभागी हुन बिहीबार जनकपुरधाम आउनुभएका वरिष्ठ उपाध्यक्ष पोखरेलले सो कुरा बताउनुभएको हो । सम्पन्न उपनिर्वाचनमा एमाले क्षेत्र नरहेकाले जित नभए पनि हार मान्नुपर्ने कुनै अवस्था नरहेको उहाँको भनाइ छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजनामा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय चौंथो चिया महोत्सव सुरु भएको हो ।
सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ।