पर्यटन विभागले यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहीका क्रियाकलाप निगरानी गर्न सगरमाथा आधार शिविरमै सम्पर्क कार्यालयको स्थापना गरेको छ । विभागले आरोहण दलसँगै आधार शिविर पुगेर आरोहण अवधिभरको निरीक्षण तथा सम्पूर्ण गतिविधि अनुगमन गर्न आधार शिविरमै सम्पर्क कार्यालय खोलेको हो ।
भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग विभाग, औद्योगिक सम्पत्ति शाखा त्रिपुरेश्वरमा कार्यरत शाखा अधिकृत कुमारी तारा घिमिरे र करार सेवाका कार्यालय सहयोगी दिपा थापालाई घुस लिएको अभियोगमा नियन्त्रणमा लिएको छ ।
युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार–२०८०’ प्रा.डा. जयराज आचार्यलाई प्रदान गर्ने भएको छ।
दुर्लभ पन्छी सारसको प्रमुख बासस्थान मानिएको लुम्बिनीमा सारस संरक्षणको काम सुरु गरिएको छ । सारस संरक्षणको कामका लागि लुम्बिनीमा अभिमुखीकरण र कार्यशाला आयोजना गरिएको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कमजोर राजश्व परिचालन र बढ्दो सरकारी चालु खर्चले सरकारी वित्त व्यवस्थापन चुनौतीपूर्ण बनेको बताउनुभएको छ।
लुम्बिनी प्रदेशको चौथो मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम चौधरीलाई मुख्यमन्त्रीमा आज नियुक्त गर्नुभएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बिग्रनुमा राजनीतिक नेतृत्व नै जिम्मेवार भएको टिप्पणी गर्नुभएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्माले आर्थिक समृद्धिका लागि कृषि र पर्यटन क्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ । दाङको नारायणपुरमा आजदेखि सुरु भएको ‘चौथो नारायणपुर कृषि, पर्यटन तथा व्यापार महोत्सव –२०८०’ को उदघाटन गर्दै मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतले विकासका गतिविधि र वातावरण संरक्षणबीच सन्तुलन सुनिश्चित गर्न धेरै पटक फैसला गरेको बताउनुभएको छ।
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एउटा प्रक्रियाबाट स्थापित गरिएको ‘कोशी प्रदेश’ को नाम परिवर्तन गर्न जनता रिझाएर दुई तिहाइ मत ल्याएर मात्र सम्भव रहेको बताउनुभएको छ ।
वैदेशिक रोजगारीको प्रलोभन देखाएर लाखौं ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका १ र २ को सीमा क्षेत्रमा रहेको भेडिओडारबाट देखिएको बेग गाउँ र पृष्ठभूमिमा अन्नपूर्ण हिमाल ।
कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग युरोपेली सङ्घका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गर्नुभएको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाकै दुर्गम क्षेत्रको रुपमा रहेको साम्तोङका विपन्न परिवारलाई सोलार बत्ती वितरण गरेको छ। गाउँपालिकाले वडा ६ फाकुम्बा साम्तोङका विपन्न १० परिवारलाई सोलारबत्ती वितरण गरेको हो।