• १३ असोज २०८१, आइतबार

दुर्गमका विपन्न परिवारलाई सोलार वितरण

blog

सोलार बत्ती पाएपछि सामुहिक तस्बिर खिचाएका साम्तोङका विपन्न परिवारलगायत।

चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख १४ गते। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकाकै दुर्गम क्षेत्रको रुपमा रहेको साम्तोङका विपन्न परिवारलाई सोलार बत्ती वितरण गरेको छ। गाउँपालिकाले वडा ६ फाकुम्बा साम्तोङका विपन्न १० परिवारलाई सोलारबत्ती वितरण गरेको हो। 

मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार गाउँपालिकाको वैकल्पिक ऊर्जा प्रवद्र्धन कार्यक्रमअन्तर्गत विपन्न परिवारलाई सोलार बत्ती वितरण गरिएको हो। 

साम्तोङका विपन्न परिवारसँगै सोही वडाको असाङ्लुङ आधारभूत विद्यालय, सूर्योदय लोकतान्त्रिक आधारभूत विद्यालय र सामुदायिक स्वास्थ्य इकाइ साम्तोङलाईसमेत सोलार बत्ती वितरण गरिएको अध्यक्ष वनेमले जानकारी दिनुभयो।

हालसम्म राष्ट्रिय प्रसारण लाइनको विद्युत विस्तार भइनसकेको साम्तोङ टोल छिमेकी जिल्ला संखुवासभासँग सिमाना जोडिएको लेकाली (हिमाली) गाउँ हो। त्यस्तै साम्तोङ गाउँ मैवाखोला गाउँपालिका र जिल्लाकै एक दुर्गम गाउँ पनि हो।