धनुषाको जनकनन्दनी गाउँपालिकाका सुत्केरी हुने महिलालाई सीमावर्ती भारतीय अस्पतालमा पुग्नुपर्ने बाध्यता हटेको छ ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले विपद उद्धारका कार्यमा तीनै तहका सरकारबीच समन्वय सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।
नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नेपाल सरकारमार्फत सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रममा नुवाकोटका करिव २० हजार घरपरिवार आवद्ध भएका छन् ।
राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धान नवप्रवर्तन र आविष्कारको क्षेत्रलाई सरकारले प्राथमिक नदिएको भन्दै काठमाडौँमा विरोध कार्यक्रम गरेका छन् । शुक्रवार बिहान माइतीघर मण्डलामा केन्द्रका अध्यक्ष महावीर पुन लगायतको उपस्थितिमा विरोध कार्यक्रम गरेका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत लिँदै हुनुहुन्छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता गरे पछि मुख्यमन्त्री शर्माले आज तेस्रो पटक विश्वासको मत लिन लाग्नु भएको हो ।
म्यानचेस्टर युनाइटेड र टोट्टनहामले इङ्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेको छ । बिहीबार भएको खेलमा युनाइटेडले सुरुवाती अग्रता जोगाउन नसक्दा टोट्टनहामसँग २-२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
पुल निर्माण सुरु भएको नौ वर्ष बित्यो तर अझै पुलले पूर्णता पाएको छैन । पप्पु कन्स्ट्रक्सनले कतिहदसम्म बदमासी गर्छ भन्ने एउटा गतिलो उदाहरण बनेको छ लुम्बिनीको दुई वटा पुल ।
गुल्मीको रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको राष्ट्रिय ध्वजावाहक नाईन एन–एबीटी जहाजले सफल उडान भरेको छ । काठमाडौंबाट बिहान ६ बजेर ४६ मिनेटमा उडान भरेको सो जहाजले रेसुङ्गा विमानस्थलमा ७ बजेर ३९ मिनेटमा अवतरण गरेको हो ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले विकास योजनामा बिचौलियालाई चलखेल गर्न नदिइने बताउनुभएको छ । मन्त्री सिंहले प्रेस युनियनद्वारा आयोजित सञ्चारकर्मीसँगको छलफलमा गरिबी, अशिक्षा, बेरोजगारी समस्यालाई सम्बोधन गर्ने गरी बजेट तयारी भइरहेको बताउनुभयो । उहाँले जनताको आवश्यकता र समुदायको मागका आधारमा योजना निर्माण गरिने बताउनुभयो ।
लागूऔषध दुव्र्यसनीविरुद्ध काम गरिरहेका संस्थाहरूका अनुसार बाँकेमा पछिल्ला वर्षहरूमा महिला लागूऔषध प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ। जिल्लामा लागूऔषध सेवन गर्ने महिलाको सङ्ख्या बढ्दै गएपछि त्यसलाई रोक्न तत्काल प्रभावकारी कदम चाल्नुपर्ने कुरामा जोड दिँदै त्यसो नगरिए अवस्था गम्भीर हुने चेतावनी सरोकारवालाहरूले दिएका छन्।
भरतपुर महानगरपालिका–२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन् ।
गौतम बुद्ध जन्मस्थल लुम्बिनी जाने भैरहवा–लुम्बिनी हुलाकी राजमार्गअन्तर्गतका दुईवटा पुल विगत नौ वर्षदेखि बन्न सकेका छैनन्। लुम्बिनीका पर्यटन व्यवसायी खिम श्रेष्ठले भन्नुभयो, “लुम्बिनी पुग्ने सडक त फोर लेन र चिल्लो बनाइएको छ तर बाटोमा पर्ने विगत नौ वर्षदेखि अलपत्र छन्। जसका कारण आवतवाजत गर्न निकै सास्ती भोग्नु परिरहेको छ।”
ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले नेपाल सरकारले ५–१५ शैय्याको अस्पताल बनाउने लक्ष्य अनुसार शिलान्यास भएका दोलखाका केही स्थानीय तहले अस्पताल भवन निर्माण गर्न सकेका छैनन् ।