• ८ मंसिर २०८१, शनिबार

म्यानचेस्टर युनाइटेड र टोट्टनहामको बराबरी

blog

युनाइटेडविरुद्ध गोल गर्दै टोट्टनहामका ह्युङ मिन सन । तस्बिर : एएफपी

काठमाडौं, वैशाख १५ गते । म्यानचेस्टर युनाइटेड र टोट्टनहामले इङ्लिस प्रिमियर लिग फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेको छ । बिहीबार भएको खेलमा युनाइटेडले सुरुवाती अग्रता जोगाउन नसक्दा टोट्टनहामसँग २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको हो ।

प्रतिस्पर्धात्मक खेलमा युनाइटेडका लागि जेडान सान्चो र मार्कस रासफर्डले गोल गर्नुभयो । टोट्टनहामका पेड्रो पोरो र ह्युङ मिन सनले बराबरी गोल फर्काउनुभयो । युनाइटेडले सातौं मिनेटमा सान्चोको गोलमा अग्रता लिएको थियो ।

४४औं मिनेटमा रासफर्डले ब्रुनो फर्नान्डेसको पासमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाउनुभयो । तर दोस्रो हाफमा खेलमा फर्किएको टोट्टनहामका लागि ५६औं मिनेटमा पेड्रो र ७९औं मिनेटमा सनले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो । 

बराबरीसँगै ३१ खेलबाट ६० अङ्क बनाएको युनाइटेड चौथो स्थानमा छ । ३३ खेलबाट ५४ अङ्क बटुलेको टोट्टनहाम पाँचौं स्थानमा छ । अन्य खेलमा न्यूक्यासल युनाइटेडले एभर्टनलाई ४–१ र बर्नमाउथले साउथह्याम्टनलाई १–० गोलले हराएको छ । एजेन्सी