• १३ साउन २०८१, आइतबार

वैदेशिक रोजगारीको प्रलोभन देखाएर लाखौं ठगी गर्ने तीन जना पक्राउ

blog

अभियुक्तहरु सायना श्रेष्ठ, (सुनसरी), दुर्गा बहादुर रेग्मी (गोरखा), कमला रेग्मी (गोरखा)।

काठमाडौं, वैशाख १४ गते। वैदेशिक रोजगारीको प्रलोभन देखाएर लाखौं ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पोर्चुगल पठाउने भन्दै २१ लाख ठगी गर्ने दुई जना ५१ वर्षीया दुर्गाबहादुर रेग्मी र ४५ वर्षीया कमला रेग्मीलाई पक्राउ गरिएको छ। 

यसैगरी, वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाउने प्रलोभनमा पारी ३० लाख रुपियाँ ठगी गर्ने २५ वर्षीया सयना श्रेष्ठलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो।

स्थायी घर गोरखा घ्यालचोक गाउँपालिका वडा नम्बर ८ रहेका निज रेग्मीद्वयलाई ललितपुरको गोदावरीबाट र स्थायी घर सुनसरीको धरान उपमहानगरपालिका १ का श्रेष्ठलाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। 

प्रहरी कार्यालयले उनीहरुमाथि थप अनुसन्धान एवम् कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।