• १३ साउन २०८१, आइतबार

काठमाडौंमा चौंथो अन्तर्राष्ट्रिय चिया सम्मलेन सुरु

blog

अन्तर्राष्ट्रिय चौंथो चिया महोत्सवको उद्घाटन समारोहमा सहभागी हुनुहुँदै कृषिमन्त्री डा.वेदुराम भुसाल र उद्योगमन्त्री रमेश रिजालका पदाधिकारी । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, वैशख १४ गते । राष्ट्रिय चिया दिवसका अवसर काठमाडौंमा आज (बिहीबार)देखि अन्तर्राष्ट्रिय चिया महोत्सव सुरु भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र राष्ट्रिय चिया तथा कफी विकास बोर्डको संयुक्त आयोजनामा आजदेखि काठमाडौंको भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय चौंथो चिया महोत्सव सुरु भएको हो ।

महोत्सवको उद्घाटन कृषि, पशुपंक्षीमन्त्री डा.वेदुराम भुसाल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गर्नुभएको छ । अन्तर्राष्ट्रिय बजारमा स्वदेशी चियाको प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय चिया महोत्सव गरिएको आयोजकले बताएको छ ।

महोत्सव बिहीबार काठमाडौंमा शुक्रबार र शनिबार इलाममा हुनेछ । चिया महोत्सवमा रुस, दुबई, चीन, अमेरिका, जापानका चिया व्यापारी सहभागी भएका छन् । विदेशी चिया व्यापारीलाई इलाममा स्थलगत भ्रमणसमेत गराउने आयोजकले जानकारी दिएको छ । १५ र १६ गते व्यापारीलाई चिया बगैंचा अवलोकन तथा फ्याक्ट्री भ्रमण गराउनका साथै चिया परीक्षणसमेत गराउने कार्यक्रम रहेको छ ।