• ८ मंसिर २०८१, शनिबार

आर्सनललाई सिटीको झट्का

blog

बल खोस्ने प्रयास गर्दै सिटी र आर्सनलका खेलाडी । तस्बिर : एएफपी

काठमाडौं, वैशाख १४ गते । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा रहेको आर्सनललाई उपाधिकै दौडमा रहेको म्यानचेस्टर सिटीको नमिठो झट्का लागेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा सिटीले आर्सनलमाथि ४-१ गोलको सानदार जित निकाल्यो ।

सिटीको जितमा केभिन डि ब्रुयनले दुई गोल गर्नुभयो । जोन स्टोन्स र एर्लिङ हालान्डले एक एक गोल गर्नुभयो । आर्सनलका रोब होल्डिङले सान्त्वना गोल फर्काउनुभयो । 

ब्रुयनले सातौँ मिनेटमा गोल गर्दै सिटीको उत्साह जगाउनुभयो । पहिलो हाफको इन्जुरी समयमा जोन स्टोन्सले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाउनुभयो । त्यसपछि ब्रुयनले ५४औँ मिनेटमा र दोस्रो हाफको इन्जुरी समयमा हालान्डले गोल गर्दै सिटीलाई जिताउनुभयो ।

यसअघि ८६औँ मिनेटमा रोब होल्डिङले गरेको गोल आर्सनलको सान्त्वना गोलमा परिणत भयो । यस हारेले आर्सनलको उपाधि यात्रामा धक्का लागेको छ । हारेपनि शीर्षस्थानमा हरेको आर्सनलको ३३ खेलबाट ७५ अङ्क छ ।

दोस्रो स्थानमा रहेको सिटीले दुई खेल कम खेल्दै ७३ अङ्क बनाएको छ । अन्य खेलमा लिभरपुलले वेस्ट हामलाई २-१, ब्रेन्टफर्डले चेल्सीलाई २-० र नटिङ्घमले ब्राइटनलाई ३-१ गोलले हराएको छ । एजेन्सी