• १३ साउन २०८१, आइतबार

गुल्मीमा जिप दुर्घटना: एकको मृत्यु, एक घाइते

blog

गुल्मी, वैशाख १४ गते । गुल्मीको मालिका गाउँपालिका -२ दर्लिङ्गको दुनाममा गए राती करिब ११ः४० बजे जिप दुर्घटना भएको छ । दर्लिङ्गदेखी बागलुङको भिमगिठे जाँदै गरेको लु १ च ९९११ को डबल क्याब जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी सह-चालक बागलुङको बडिगाड गाउँपालिका -९ बल्गास बस्ने १८ वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । सोही ठाउँका चालक २१ वर्षीय प्रेम केसी घाइते हुनुभएको छ ।

घाइते केसीको अवस्था मध्यम रहेकोले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिपको एक्कासि ब्रेक फेल भएर सडकभन्दा करिब १५० मिटर तल खसेको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Author

रमेश विश्वकर्मा