पुँजी बजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ को विन्दुमा कायम भएको हो।
नेपाली खेलाडी चन्दु शाहीले अस्ट्रेलियामा हुने १४ गोल्डकोस्ट ओपन तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउने हुनुभएको छ ।
बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रको सुधारका लागि भन्दै राष्ट्रिय सभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरिएको छ। ‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ विषयको सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरिएको हो।
संयुक्त अरब इमिरेट्स (युएई) एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मालपोत कार्यालय तम्घास गुल्मीले सार्वजनिक बिदामा समेत सेवा प्रवाह गर्नुभएको छ। सार्वजनिक सूचना जारी गर्दै मालपोत अधिकृत खेतबहादुर खत्रीले विभिन्न १७ सार्वजनिक बिदामा पनि मालपोत कार्यालयले सेवा प्रवाह गर्ने बताउनुभएको हो ।
भारतीय कांग्रेस नेता राहुल गान्धी सुरत अदालतले गत महिना गरेको फैसलाविरुद्ध गुजरात उच्च अदालत पुग्नुभएको छ।
भारतमा विगत दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन्। मङ्गबारको तुलनामा बुधबार करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवार स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आगो निभाउन गएको गौर नगरपालिकाको वारुण यन्त्र गढवाटोलमा दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित पाँच कर्मचारी घाइते भएका छन् ।
एनआईसी एसिया क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट गरेको छ ।
लैङ्गिक हिंसामा महिला सबैभन्दा बढी पर्ने गरेको देखिएको छ । तानसेनमा आयोजित कार्यक्रममा वक्ताहरूले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकासका सूचकाङ्कमध्ये खासगरी शिक्षा, स्वास्थ्य, खानेपानी, समावेशीकरण, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभएको छ।
दोखाको कालिञ्चोक गाउँपालिका –३ पुटुङ निवासी पूर्व कर्नेल महेन्द्रजङ सिवाकोटीले आफ्ना बाबुआमाको स्मृतिमा स्थानीय कालिनाग माध्यमिक विद्यालयमा १० लाख रुपियाँको अक्षयकोष स्थापना भएको छ ।
राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सङ्ख्या परिमार्जन गर्न माग गरिएको छ ।
निर्देशक बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘देव वाणी’ छायाङ्कनको तयारीमा छ । फिल्मका निर्माण टिमले आगामी वैशाख १९ गतेबाट वीरगन्ज र तराईका विभिन्न स्थानमा छायाङ्कन जनाएको हो ।