• १३ साउन २०८१, आइतबार

राष्ट्रिय सभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

राष्ट्रिय सभा बैठक ।

काठमाडौं, वैशाख १३ गते । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सभा बैठक जारी रहेको छ । बैठक दिउँसो १ बजेर १ मिनेटमा सुरु भएको हो । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुनेछ ।

त्यस्तै, बैठकमा मदनकुमारी शाह प्रस्तावक र अनिता देवकोटा, खिमलाल देवकोटा, जयन्तीदेवी राई, जितेन्द्रनारायण देव, तुलप्रसाद विश्वकर्मा, दिलकुमारी रावल थापा, प्रमिला कुमारी, डा. विमला राई पौड्याल, शेखरकुमार सिंह, सुरेशकुमार आले मगर समर्थक भई सूचना गर्नुभएको सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल हुने सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

यसैगरी, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अध्यागमन विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, अध्यागमन विधेयक,२०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।