एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेलमा वर्षा वाधक बनेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेल वर्षका कारण रोकिएको छ ।
धुवाँ, धुलो भीड भाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौं सहर घुम्दा यस्तै लाग्छ ।
हरियाली जङ्गलको पुछारमा समथर मैदान । ढुङ्गाको छानो भएका चिटिक्कका घर । पश्चिमतर्फ हिमाल र मन्दिरको प्रतिविम्ब देखिने विशाल बराहा ताल । उत्तरतर्फ फर्किदा दन्तलहरजस्तै देखिने सेता हिमाल । छङछङ गर्दै बगेका खोला । रमाइलो प्रकृति तर,उदास उदास लाग्ने बस्ती ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै वैशाख ५ गतेदेखि काठमाडौँको वसन्तपुरमा आमरण अनसन बसेका नुवाकोटका किसान श्रीराम घिमिरेले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
रेडियोको झङ्कार । आवाजको झङ्कार । सङ्गीतको झङ्कार । झङ्कार अनुभूतिको । अनेकौँ स्वरको मिश्रणमा अनुगुञ्जित ध्वनिमा बेग्लै मिठास । चराका चिरीबिरीहरूको अलग्ग अर्कै झङ्कार । पृथक् स्वर–सुसेली । सुन्नुको शीतल अनुभूति । झङ्कारको अलग्गै स्पर्श । झङ्कारले तरङ्गित पारेका क्षणहरू । झङ्कारले जागृत पारेका पलहरू ।
मैले जिन्दगीलाई दायाँ–बायाँ, चारैतिर खोजिरहेँ जिन्दगी भने एक छलावाझैँ मबाट टाढा भागिरह्यो मैले ईश्वरको नाममा शपथ खाएर भनिरहेँ म तिम्रै हुँ अहँ ! जिन्दगीले पत्याएन, मसँग ठोस प्रमाण मागिरह्यो ।
जलमा तरङ्ग नदेखिने वायुको स्पन्दन जस्तै चन्द्रमाको शीतल नदेखिने शून्य आकाश जस्तै लाग्यो आगो श्यामतामा
हाम्री हजुरआमा बेलुका अँगेनाको डिलमा बसेर हामीलाई कहिले पौराणिक कथा, कहिले लोककथा कहिले गाउँखाने कथा सुनाउनु हुन्थ्यो । एक साँझ उहाँले एउटा गाउँखाने कथा भन्नुभयो–हुन पनि हो, छ न पनि छ, खोज्दा पनि पाइँदैन, कसैलाई पनि चाहिँदैन के हो ? हामी निकैबेर घोत्लिँयौँ तर कसैलाई पनि उत्तर आएन । हजुर आमाले हाँस्तै भुइँचालो भन्नुभयो । भुइँचालो के हो र कस्तो हुन्छ भनेर सोध्दा उहाँले विसं. १९९० को भुइँचालोको विनाश लीला सुनाउनु भयो ।
हिन्दुको वेद, इसाईको बाइबल, इस्लामको कुरान प्रमुख ग्रन्थ भएझैँ बौद्धको मूल ग्रन्थलाई त्रिपिटक भनिन्छ । भगवान् बुद्धको वचनलाई उनको परिनिर्वाणपछि तत्कालीन भिक्षुहरूद्वारा एकै ठाउँमा संयोजन गरी त्रिपिटक ग्रन्थ निर्माण गरिएको थियो ।
बैतडीमा ८० हजार बाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । जिल्लाका दशवटै स्थानीय तहमा सो सङ्ख्यामा पिपिआरविरुद्धको खोप लगाइएको हो ।
धेरै दिनको कसरतपछि एक दिन अचानक जुरेको थियो, हामी तीन भाइलाई भैरवकुण्ड पदयात्राको साइत । हामी तीन भाइमध्ये तीनै थियौँ– पदयात्राका सोखिन । त्यसमा पनि यो यात्रालाई अझ रोमाञ्चक र विशेष स्मरणयोग्य बनाउन हामीले कुनै कसर बाँकी राखेका थिएनौँ । पूरै ‘म्यान भर्सेज वाइल्ड’का बियर ग्रिल्स शैलीले यात्रा गर्ने योजना बुनेका थियौँ हामीले ।
काठमाडौँ महानगरपालिकाको पूर्वोत्तर क्षेत्रको चाबहिलमा आजभन्दा ७५ वर्षअघि स्थापित पशुपति मित्र माविले २०७९ साल चैत २८ गते आफ्नो ७५औँ जन्मोत्सवलाई हीरक वर्ष भनेर मनायो । विद्यालयले ७५औँ जन्मोत्सव मनाउनु गौरवको विषय हो र यसमा कुनै विवाद रहेन । परन्तु यो हीरक महोत्सव कति वर्षमा मनाउने भन्ने प्रश्न यदाकदा देखिन्छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा चट्याङले एक जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब ८ः३० बजेतिर परेको चट्याङ लागेर सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा ५८ वर्षीय श्रीप्रसाद कडरियाको मृत्यु भएको हो ।