गोरखापत्र अनलाइनकाठमाडौं, असार ६ गते । वर्षायाम शुरु भएसँगै काठमाडौंको मुख्य क्षेत्रमा भएको ढल समस्याका कारण डुवान हुन थालेपछि ढल निर्माणको काममा तीव्रता दिइएको छ । काठमाडौंको जमल, कान्तीपथ क्षेत्रमा हुने डुवान समस्या अन्त्य गर्न ढल निर्माण कार्यमा तीव्रता दिइएको हाे ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुईवटा विदेशी वायुसेवा कम्पनीले उडान भर्ने भएका छन् । हाल जजिरा एअरलाईन्सले मात्र अन्तर्राष्ट्रिय उडान भर्दैआएको गौतमबुद्ध विमानस्थलमा थप दुई विदेशी वायुसेवा कम्पनी थपिन लागेका हुन् । विमानस्थल गत जेठ २ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।
स्थानीय निर्वाचनका अधिकांश उम्मेदवारहरुले खर्च विवरण बुझाउन आनाकानी गरेका छन् । जिल्ला निर्वाचन कार्यालय गोरखाले दिएको जानकारी अनुसार एक महिनाको समयसीमाभित्र ९९० जनाले मात्र खर्च विवरण बुझाएका छन् ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईले मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने राज्यको नीति कार्यान्वयमा सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । विराटनगरमा सोमबार भाषा आयोगले आयोजना गरेको सङ्गोष्ठीलाई सम्बोधन गर्दै उहाँले त्यस्तो विचार राख्नुभयो । मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न सके मानिसको जीवनयापनमा सहजता आउने उहाँको भनाई छ ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईले मातृभाषालाई सरकारी कामकाजको भाषा बनाउने राज्यको नीति कार्यान्वयमा सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ । विराटनगरमा सोमबार भाषा आयोगले आयोजना गरेको सङ्गोष्ठीलाई सम्बोधन गर्दै उहाँले त्यस्तो विचार राख्नुभयो । मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्न सके मानिसको जीवनयापनमा सहजता आउने उहाँको भनाई छ ।
नवलपरासी र चितवनलाई जोड्ने नारायणी नदीमा सिग्नेचर पुल निर्माण हुनेभएको छ । ४१ बर्षअघि निर्माण भएको नवलपरासी चितवन जोडने एक मात्र पक्की पुुल जीर्ण बन्दै जान थालेपछि सो ठाउँमा नयाँ सिग्नेचर पुुल निर्माण प्रक्रिया अघि बढाइएको सडक बिभागले जनाएको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले राजनीतिक पार्टीका नेताहरुले चुनाव केन्द्रित नभई समाज परिवर्तनका लागि राजनीतिमा लाग्नुपर्ने बताउनुभएको छ ।
जिल्ला समन्वय समिति म्याग्दीले बिकास पत्रकारिता पुरस्कारबाट जिल्लाका पाँच जना पत्रकारलाई सम्मानित गरेको छ । सम्मानित हुनेमा गोरखापत्रकर्मी ठाकुरप्रसाद आचार्य, कान्तिपुर दैनिकका घनश्याम खड्का, राससकर्मी ध्रुवसागर शर्मा, कमल खत्री र नागरिक दैनिकका पत्रकार हरिकृष्ण गौतम पुरस्कृत हुनुभएको हो ।
जिल्ला अदालत काठमाडौंले बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
मधेश प्रदेशका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्रप्रसाद सिंहले अशिक्षा नै महिला हिंसाको मुख्य कारक रहेकोले प्रदेश सरकार शिक्षालाई प्राथमिकतामा राखेर कामकाज अगाडि बढाएको बताउनुभएको छ ।
नेपाल माझी उत्थान संघ, सुनसरीका चन्द्रबहादुर माझी र जीवन माझी प्रथम खुला डुंगा प्रतियोगिताको सिंगल्समा पहिलो हुनुभएको छ । चन्द्र र जीवनले निर्धारित १२० मिटर दूरी १ मिनेट २२ सेकेन्डमा पूरा गर्नुभएको थियो ।
कपिलवस्तुको विजयनगर गाउँपालिकामा अस्पताल भवनको शिलान्यास गरिएको छ । गाउँपालिकाको वडा ६ बदौर टोलमा एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले भवनको शिलान्यास गर्नुभयो ।
प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०७९ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाले आर्थिक विधेयक २०७९ लाई बहुमतले पारित गरेको हो ।
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले खेल क्षेत्रमा राजनीति नगर्न आग्रह गर्नुभएको छ ।
सरकारले थारु समुदायमा स्वास्थ्य समस्याको रुपमा देखिएको सिकलसेल रोगको उपचारका लागि सहयोगको नीति लिएको भएपनि अपर्याप्त रहेको सो समुदायका पीडितहरुको बुझाई छ । नेपाल सरकारले सिकलसेलका विरामीलाई एक लाख रुपियाँसम्मको औषधी निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।