• १३ असोज २०८१, आइतबार

चट्याङ लागेर एक महिलाको मृत्यु

blog

ओखलढुङ्गा, वैशाख १७ गते । ओखलढुङ्गामा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । शनिबार अपराह्न बर्सात सँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका –२ तोपडाँडाकी ५७ वर्षीया देवमाया बुढाथोकीको मृत्यु भएको हो । 

घरभित्रै बसिरहनुभएकी बुढाथोकीलाई चट्याङ लागेर गम्भीर घाइते बनाएको थियो । उपचारका लागि रामेछापको मन्थली अस्पतालमा लैजाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो । ओखलढुङ्गामा चट्याङ लागेर यो महिनामा मात्रै दुई जनाको ज्यान गइसकेको छ ।

Author

शेरबहादुर राई