संखुवासभामा मकालु गाउँपालिका–३ र ५ मा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनिएको अरूण नदी बग्न थालेको छ।
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर सटहीका लागि तोकिएको सीमा बढाएको छ। बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो सीमा बढाएको हो।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एन्टिरेबिज भ्याक्सिन (एआरभी) सेवा सुरु गरिएको छ । तिलोत्तमाको वडा ६ मा रहेको आनन्द वन स्वास्थ्यचौकीमा आइतबार एक कार्यक्रमबीच नगरप्रमुख रामकृष्ण खाणले त्यसको शुभारम्भ गर्नुभएको हो ।
सरकारले आजैबाट सूर्तीजन्य पदार्थ त्याग्ने प्रतिबद्धता गर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै आजैबाट सूर्तीजन्य पदार्थ त्याग्ने प्रतिबद्धता गर्न आग्रह गरेको हो।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीनिकट किसान महासंघलाई जनताका बीचमा व्यापक रुपमा विस्तार गर्न निर्देशन दिनुभएको छ । अखिल नेपाल किसान महासंघको स्थापना दिवसको अवसरमा आज केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उहाँले सो निर्देशन दिनुभएको हो । कृषि क्षेत्र पेशा, व्यवसायसँगै संगठनको नेतृत्व अगाडि बढ्नुपर्ने उहाँको सुझाव छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो १४ सय ७३ जनाको कोरोना परीक्षण गर्दा ६० जना कोरोना संक्रमित थपिएका हुन्। सोही समयमा ५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चितवन आउनुभएको छ। आज दिउँसो उहाँ जहाजबाट चितवन आउनुभएको हो।
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको महाधिवेशन आगामी जेठ १९ र २० गते राजधानी काठमाडौंमा हुने भएको छ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ‘अधिकारका लागि हस्तक्षेप गरौं’ नारासहित १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस २०२३ भोलि सोमबार मनाउनेभएको छ । जिफन्टले आज यहाँ पत्रकार सम्मेलन गर्दै सो जानकारी गराएको हो ।
प्रहरीले वैदेशिक रोजगारिका लागि अष्ट्रेलिया र दुबई पठाउँछु भन्दै ठगी गरेको अभियोगमा दुई जनालाई प्रकाउ गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा जावलाखेल र संकटा १–१ गोलको बराबरीमा रोकियो ।
दुहवी नगरपालिका –१० इनरुवा–दुहवी खडकखण्डको बुद्ध चौकमा सडक मिचेर बनाएको घर टहरामा डोजर चलेको छ । सडकमा सवारीको चाप बढ्दैगएको तर दुहबी १० सिमरियामा सडक मिचेर घर टहरा बनाउनेक्रम नरोकिएकाले अनाधिकृत संरचनामा डोजर लगाइएको हो ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवम् वैज्ञानिक महावीर पुनबीच भेटवार्ता भएको छ । विभिन्न मागसहित आन्दोलनमा उत्रनुभएका पुन र मन्त्री खड्काबीच आज मन्त्रालयमा भेट भएको हो ।
बाँके जिल्लासँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशको बहराईच जिल्लामा वैशाख २१ गते हुने नगरपञ्चायतको निर्वाचनका लागि यहाँस्थित नेपाल–भारत जमुनाहा सिमानाका दुई दिन बन्द गरिने भएको छ ।
कोशी प्रदेश प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ ।