• १३ असोज २०८१, आइतबार

ताप्लेजुङमा चट्याङले एकको मृत्यु

blog

ताप्लेजुङ, वैशाख १६ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा चट्याङले एक जनाको मृत्यु भएको छ । शुक्रबार राति करिब ८ः३० बजेतिर परेको चट्याङ लागेर सिदिङ्वा गाउँपालिका –६ मेहेलेमा ५८ वर्षीय श्रीप्रसाद कडरियाको मृत्यु भएको हो । 

प्रहरीका अनुसार घरभित्रदेखि बाहिर आँगनतर्फ निस्कने क्रममा अचानक परेको चट्याङले लागेर कडरियाको घटनास्थलमै मृत्यु भएको हो । सो घटनाको खबरपछि इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली घटनास्थलतर्फ गएको बताइएको छ । 

तीन दिनअघि मात्र अर्थात् गएको बुधबार राति परेको चट्याङले मैवाखोला गाउँपालिका –४ ताम्राङ चित्रेटोलमा एक १० वर्षीय बालकको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।