• १३ साउन २०८१, आइतबार

अलपत्र अवस्थामा काठमाडौंका पार्कहरू (फोटो फिचर)

blog

काठमाडौँ, वैशाख १६ गते । धुवाँ, धुलो भीड भाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौं सहर घुम्दा यस्तै लाग्छ । तर काठमाडौंमा थोरै भए पनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन् । तर यी पार्कहरू पनि व्यवस्थित छैन । 

देशकै राजधानी भिडै भिड मात्र हुने काठमाडौं उपत्यकामा पार्क नै नहुनु उपत्यकावासीको लागि दुर्भाग्य जस्तै बनेको छ । भएका केही पार्कहरू पनि व्यवस्थित रूपमा छैनन् । २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछि राजधानीमा खुला ठाउँको महत्त्व बढेको छ । सरकारी र निजी क्षेत्र सहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन् । पार्कमा घुम्ने संस्कृति पछिल्लो समय बढ्दै गइरहेको पनि छ । भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीवासी घुम्न निस्कन्छन् । 

लामो बिदामा टाढा घुम्न जाने संस्कृति विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन् ।


न्यूज एजेन्सी नेपालबाट