काठमाडौँ महानगरपालिका–१२, टेकुस्थित बम्बविर विकटेश्वर शिवालयवरिपरि बनाइएका ऐतिहासिक सत्तलमा सङ्ग्रहालय पुनः सुरु गरिने भएको छ। वि.सं. २०७२ को भूकम्पले सत्तल जीर्ण भएपछि स्व. जनार्दनविक्रम राणा परिवारको पहलमा बम्बविर विकटेश्वर गुठीद्वारा सञ्चालित राणाकालीन सामग्रीसहितको सो सङ्ग्रहालय बन्द भएको थियो। एसियन डेभलपमेन्ट बैङ्कको ऋण सहयोगमा सत्तलहरू पुरानै शैलीमा पुनर्निर्माण गरिएपछि सङ्ग्रहालय पुनः सञ्चालनमा आउने भएको हो।
स्रोतको दबाबमा रहेको सरकारले प्रदेश र स्थानीय तहमा जानुपर्ने वित्तीय समानीकरण अनुदान ५० प्रतिशत कटौती गरेको छ । अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय सङ्घीयता समन्वय महाशाखाले सरकारको कोष सञ्चालन गर्ने महालेखा नियन्त्रक कार्यालयलाई एक पत्र लेख्दै ५० प्रतिशत अनुदान कटौती गरेर मात्र हस्तान्तरण गर्न आग्रह गरेको हो ।
तनहुँको भानु नगरपालिकाद्वारा चक्लाबन्दी खेती सुरु गरिएको छ । बढ्दो खण्डीकरण र जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै कृषि उत्पादन र उत्पादकत्व बढाउन खेती सुरु गरिएको नगरपालिकाले जनाएको छ । खेतीयोग्य जमिन खण्डीकरण गरेर खेती गर्न कठिन हुने र साँध सिमाना थपिँदै जाँदा खेतीयोग्य जमिनसमेत घट्दै जाने भएकाले कृषिमा लागत मूल्य घटाउन चक्लाबन्दी खेतीलाई प्राथमिकतामा राखिएको नगरप्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो । ससाना जमिनलाई एकीकृत गर्दै सामूहिक
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमण प्रतिफलमूलक बनाउन गृहकार्य उच्चस्तरमा अघि बढेको स्पष्ट पार्नुभएको छ। गोरखापत्र दैनिकसँग कुराकानी गर्दै मन्त्री साउदले भन्नुभयो, “प्रधानमन्त्रीस्तरको भ्रमण प्रतिफलमूलक हुने गरेर थोरै एजेन्डा लैजान चाहन्छौँ। कार्यसूचीलाई प्रतिफलमा आधारित बनाएर टुङ्गोमा पु-याउने तथा प्राथमिकीकरण गर्ने विषयमा बृहत् गृहकार्य जारी छ।”
प्रतिनिधि सभाको अधिवेशन प्रारम्भ भएको झन्डै चार महिनापछि विषयगत समिति गठन भएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकले १० विषयगत समिति गठन गरेको हो। समिति गठन नहुँदा विधायिकी कार्य हुन सकेका थिएनन्। समिति गठनसँगै सभामा विचाराधीन रहेका नौ विधेयक सम्बन्धित समितिमा पठाइएका छन्।
प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवम् जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ ।
कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले जगत् जननीका रूपमा पूजा अर्चना गरिने सीता नेपाल भूमिकी पुत्री हुनु नेपालीका लागि गौरवको विषय भएको बताउनुभएको छ ।
राष्ट्रिय सभाका सांसद कृष्णप्रसाद पौडेलले देशको आर्थिक अवस्थालाई निकास दिएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न विभिन्न उपायहरू सुझाउनु भएको छ ।
काठमाडौंको कपनस्थित सरस्वतीनगरमा वैशाख ७ गते एक भाँडा व्यवसायीको चक्कु प्रहारबाट भएको हत्याको छानबिन तथा अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को नेतृत्वमा समिति गठन भएको छ ।
अर्थमन्त्री डा. प्रकाश शरण महतसँग जर्मनीका राजदूत डा. थोमस प्रिन्जले भेटवार्ता गर्नुभएको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा उहाँले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको हो ।
कैलालीको बड्का बनुवाँ भनेर चिनिने बसन्ता वन क्षेत्र मासेर बाढी पीडितले टहरा निर्माण गरेका छन् । कैलारी गाउँपालिका –५ स्थित पवेरा सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर बाढी प्रभावितले घर टहरा निर्माण गरेका हुन् ।
नेपाल प्रहरीका १८ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
प्रतिनिधि सभाको बैठकमा गृह मन्त्रालयको फरार अभियुक्तको सूचीमा रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर बैठक केहीबेर अवरुद्ध भएको छ।