खैबर पख्तुनख्वाको बन्नु जिल्लामा आतङ्कवादीहरूसँगको गोली हानाहानमा दुई पाकिस्तानी सैनिकको मृत्यु भएको छ ।
बागलुङको गलकोटका किसानलाई असार नलाग्दै रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ ।
वर्षाको मौसम नजिकिँदै गर्दा बाँके जिल्लामा बाढी र डुबान विरुद्ध आवश्यक तयारी तीव्र गतिमा भइरहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायत दलले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक केही समयका लागि स्थगन गरिएको छ ।
टोलीका प्रभावशाली खेलाडी लियोनल मेस्सी र सर्जियो रामोसको अन्तिम खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।
एफए कप फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । इङ्लिस प्रिमियर लिग च्याम्पियन बनिसकेको सिटी शनिबार राति भएको फाइनलमा म्यानचेस्टर युनाइटेडलाई २–१ गोलले हराउँदै एफए कप च्याम्पियन बनेको हो ।
विश्व वातावरण दिवसका अवसरमा नेपाली राजदूतावास, कायरोको आयोजनामा एक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । “जलवायु परिवर्तन र हिमालय” शीर्षकमा उक्त प्रतियोगिता इजिप्टको राजधानी कायरोमा शनिबार आयोजना गरिएको थियो ।
म्याग्दीको रघुगंगा गाउँपालिका २ मा पर्ने रुइसे-भेडीओढार पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । पर्यटन पूर्वाधार निर्माण भएसँगै पछिल्लो समय यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको हो ।
अत्यधिक गर्मी बढेपछि आइतबारदेखि नेपालगञ्ज उपमहानगर र जानकी गाउँपालिकाका सबै विद्यालय बन्द भएका छन् ।
सर्लाहीको बागमती नगरपालिका –४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी (भरत ताल) मा मधेस प्रदेशकै पहिलो ‘स्काइ साइक्लिङ’ निर्माण भएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको आजको संसद्को बैठकको कारबाही स्थगन गर्न प्रस्ताव पेस गरेको छ ।
घरेलु टोली मलेसियाविरुद्ध पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय महिला सिरिज नेपालले जितेको छ । आइतबार भएको सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले मलेसियालाई तीन विकेटले हरायो ।
झापाको दमकमा शुक्रबारदेखि फोहोर उठ्न सकेको छैन । अधिक गर्मीको समयमा सडकमा जथाभाबी रहेको फोहोरको दुर्गन्ध बढ्दै गएपछि स्थानीयले फोहोर उठाउन आग्रह गरेका छन् ।
चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शनिबार भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहसका लागि आरोपीहरूलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।