बेइजिङ, जेठ, २१ गते । चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री छिन ग्याङले शनिबार भारतको ओडिशा राज्यमा भएको रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्नु भएको छ ।
आफ्ना समकक्षी विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करलाई शोक सन्देश पठाउनु हुँदै विदेशमन्त्री छिन ग्याङले त्यस दुर्घटनाबाट भएको ठुलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइते हरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ ।
मन्त्री ग्याङले मृतक र घाइतेका आफन्तजनप्रति सहानुभूतिसमेत व्यक्त गर्नु भएको छ । रासस/सिन्ह्वा