राष्ट्रपति रामचन्द्र पौडेलले संविधानप्रदत्त स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउने प्रण गर्न सबैसँग आग्रह गर्नुभएको छ। प्लास्टिकजन्य फोहोर वर्तमान समयको प्रमुख वातावरणीय चुनौती बनेको बताउँदै उहाँले विकासलाई वातावरणमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
राष्ट्रिय जनगणना २०७८ को परिणामले नेपालमा जातजाति, मातृभाषा र धर्मको सङ्ख्या क्रमशः १४२, १२४ र १० कायम गरेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको परिणाम अनुसार २०६८ सालको जनगणनाको तुलनामा पछिल्लो जनगणनामा जातजाति र मातृभाषाको सङ्ख्या वृद्धि भए पनि धर्मको सङ्ख्या यथावत् रहेको देखिएको छ।
केही दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी काम अस्थायी रूपमा पुनः सुरु भएको छ । देशभरि नै बिहीबारदेखि अवरोध रहेको राष्ट्रिय परिचयपत्रसम्बन्धी काम आइतबारदेखि पुनः सुरु भएको राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागले जनाएको छ ।
मनसुन आगमनसँगै जिल्ला विपद् व्यवस्थापन समिति सप्तरीको आयोजना जल उत्पन्न विपद् पूर्वतयारी तथा प्रतिकार्य कृत्रिम नमुना अभ्यास गरिएको छ । कोशी नदीमा शनिबार सो अभ्यास गरिएको हो ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवतीस्थित केवरेडाँडामा बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसँगै समृद्ध देश बनाउनुपर्ने बताउनुभएको छ।
लुम्बिनी क्षेत्रको विकासका लागि स्थानीय तह सरकारहरुले सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । बृहत लुम्बिनी क्षेत्रमा बुद्धस्थलहरुको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा सहकार्य गर्नेगरी भएको छलफलमा सो प्रतिवद्धता जनाएका हुन् ।
कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिका वडा नम्बर ५ रुप्साकी एक किशोरीको मृत्यु भएको छ।
बिभिन्न बहानामा जातीय विभेद कायमै रहेको दलित अगुवा तथा राजनीतिक दलका नेताहरुले त्यसको अन्त्य गर्नुपर्ने धारणा राख्नुभएको छ । नेकपा माओवादी केन्द्र पाल्पाका अध्यक्ष राजेन्द्र विकले विभेद निकै आश्चर्य, चिन्ता र अनुसन्धानको विषय रहेको बताउनुभयो ।
हरेक वर्ष जेठ शुक्लद्वादशीको दिनबाट सुरु भएर असार कृष्ण तृतीयाको दिन समाप्त हुने (ज्याः पुन्ही) पनौती जात्रा सकिएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले जातीय भेदभाव तथा छुवाछूत गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको १७ वर्ष पूरा भएको अवसरमा आइतबार विज्ञप्ति जारी गरी दलितहरुको न्याय र समानताको अधिकार सुनिश्चित्ताका लागि कारबाहीको दायरामा ल्याउन आग्रह गरेको हो ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका सहित चार पालिकाले अत्यधिक गर्मीको कारण देखाउँदै विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । हेटौँडा उपमहानगरपालिका सहित बकैया गाउँपालिका, मनहरी र मकवानपुरगढी गाउँपालिकाले गर्मीका कारण विद्यार्थीमा स्वास्थ्य समस्या आएको भन्दै पठनपाठन बन्द गर्ने निर्णय गरेका हुन् ।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गण्डकी प्रदेश सभाको बैठकमा आइतबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
जिल्लाको रैनादेवी छहरा–८, सत्यवतीमा बलेरो जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेश सभाका संसदीय समितिहरुले काम थालेका छन् । प्रदेश सभामा रहेका चार वटा विषयगत समितिहरुले प्रारम्भिक काम थालेका हुन् । सबै समितिहरुको बैठक बस्ने कार्य भइरहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो । “समितिहरुले बैठक बसेर आफ्नो काम थालेका छन्” उहाँले भन्नुभयो ।