“बाल नरसिंह–सुवर्णकुमारी अधिकारी स्मृति साहित्य पुरस्कार अर्पण तथा रचना कार्यक्रममा स्याङ्जाका चार साहित्यकार सम्मानित हुनुभएको छ।
केही दिनयता सुरु भएको अधिक गर्मीले झापाको जन जीवन प्रभावित बनेको छ । यसै क्रममा दमक नगरपालिका वडा नं ८ का ६७ वर्षीय मोतीराज राई (राई कान्छा) को अधिक गर्मीका कारण मृत्यु भएको बताइएको छ ।
नवलपरासीको देवचुली नगरपालिकामा अन्तर्राष्ट्रियस्तरको साइलेज बनाउने प्रविधिमा आधारित उद्योग सञ्चालन गरिएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका –१ सिमरीचापामा अवैध काठसहित टिप्पर पक्राउ परेको छ । सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गणेशपुरको सादा पोसाकमा खटिएका प्रहरी टोलीले टिप्पर नियन्त्रणमा लिएको हो ।
मधेश प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले स्वतन्त्रता नै मानव अधिकारको सुन्दर पक्ष रहेको भन्दै मानवअधिकारप्रति हामी सबै गम्भीर हुनुपर्ने बताउनुभएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता एवम् अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध अन्त्य हुने बताउनुभएको छ ।
प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दलसहितका प्रतिपक्षी दलले अवरोध गरेपछि आजको बैठक स्थगित गरी भोलि सोमबारका लागि सारिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले ६ जना आवासीय राजदूतहरूलाई गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले उहाँहरूलाई आज सो पदमा नियुक्त गर्नुभएको हो ।
राष्ट्रिय सभा बैठकले पूर्व सांसद मीना पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले पूर्व सांसद पाण्डेको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
झापाको दमकबाट उत्तरी पहाडी जिल्ला जोड्ने दमक चिसापानी सडक (प्रस्तावित फाल्गुनन्द मार्ग) निर्माणको काम अलपत्र परेपछि स्थानीय सडक उपभोक्ताहरूले आक्रोश व्यक्त गर्दै तत्काल सडक निर्माणको काम सुरु गर्न दबाब दिएका छन् ।
नवलपरासीको कावासोती नगरपालिकाले पालिकाभित्र रहेका मौरी पालक किसानलाई आवश्यक सामाग्री वितरण गरेको छ ।
नेकपा (एमाले) ले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको विरोधमा राष्ट्रिय सभाको आजको बैठक अवरुद्ध पारेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको नागरिकता विधेयक फिर्ता गरी संसद् बैठकको प्रक्रियाबाट अघि बढ्नुपर्ने बताउनुभएको छ ।
विगतमा प्रधानमन्त्रीस्तरको भारत भ्रमणका क्रममा पञ्चेश्वर परियोजनाले मात्र चर्चा पाउने गरेको थियो । यसपालि भने प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को भारत भ्रमणका क्रममा कञ्चनपुरको दोधारा चाँदनीमा डेढ दशकअघि प्रस्ताव भएको सुक्खा बन्दरगाह भारतले आगामी तीन वर्षमा बनाइदिने सहमतिपत्र (ओएमयू) मा हस्ताक्षर भएको छ ।
म्यानमारमा आयोजना हुने एएफसी यू-२० महिला एसियन कप दोस्रो चरणको छनोट खेलका लागि नेपाली टोलीको बिदाइ गरिएको छ ।