नयाँ आर्थिक वर्ष २०८०/८१ को प्रस्तावित बजेटको छलफल संसद्मा आरम्भ हुँदै छ । देशको अर्थतन्त्र आर्थिक मन्दीको चपेटामा परेका बेला यो बजेटमा छलफल हुँदै छ । संवैधानिक प्रावधान अनुसार जेठ १५ गते अर्थमन्त्री डा प्रकाशहरण महतले प्रस्तुत गर्नु भएको यो बजेट नयाँ आर्थिक वर्षमा छ प्रतिशतको आर्थिक वृद्धि हासिल
स्थानीय तहको दोस्रो निर्वाचनबाट निर्वाचित बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिले पदभार सम्हालेको एक वर्ष पूरा भएको छ। बुटवलले देशकै प्रमुख औद्योगिक, पर्यटकीय तथा ऐतिहासिक सहरका रूपमा स्थान बनाएको छ। त्यसैले अन्य स्थानीय तहको भन्दा बुटवल उपमहानगरका आवश्यकता र चुनौती फरक छन्। यसै सन्दर्भमा बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयसँग गोरखापत्रका भुवन कार्कीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :
घोराही उपमहानगरपालिका–१८, रझेना निवासी ४९ वर्षीय विमला मानन्धर कक्षा १ मा अध्ययन गर्दै आउनुभएको छ। अन्य विद्यार्थी जस्तै विमला हरेक दिन किताब, कापी झोलामा बोकेर विद्यालय आउने र पढ्ने गर्दै आउनुभएको छ। घरायसी कामसँगै छोरीले पढ्नु हुँदैन भन्ने प्रचलनका कारण सानोमा पढ्न नपाउनुभएकी विमला अहिले भने घोराही उपमहानगरपालिका–१८, रझेनामा रहेको चेतना महिला अनौपचारिक विद्यालयमा गएर अध्ययनरत हुनुहुन्छ। सानैदेखिको पढेर ज्ञान हासिल गर्ने इच्छा पूरा गर्नका लागि अहिले विद्यालय आउने गरेको बताउनुहुन्छ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यक्तिगत र सामूहिक रूपमा प्रकृति र प्राकृतिक वातावरणको संरक्षणमा सक्रियताका साथ लाग्नुपर्ने बताउनुभएको छ ।
मधेश प्रदेश सभामा विनियोजन विधेयक, २०८० को सिद्धान्त र प्राथमिकता अर्थात् पूर्वबजेटमाथि आइतबारदेखि छलफल सुरु भएको छ। सभामा प्रदेश सांसदहरूले कृषिले प्रदेशको जिडिपी बढाउने भएको हुँदा कृषिमा बढी बजेट विनियोजन गर्न आग्रह गर्नुभएको छ।
विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारित शिक्षा लागु गर्ने तयारी गरेको छ। शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राखेर महानगरपालिकाले प्रविधिमा आधारित शिक्षा लागु गर्नका लागि विषयविज्ञसँग छलफल थालेको हो। महानगरले आइतबार विषयविज्ञ र सरोकारवालासँग आयोजना गरेको छलफल तथा अनुभव आदानप्रदान कार्यव्रmममा सहभागीले बदलिँदो समयसँगै परिवर्तन हुन नसके पछाडि परिने बताउनुभयो। डिजिटल साक्षरतासँगै प्रविधिमा आधारित शिक्षा दिन सके विश्वका जुनसुकै मुलुकमा गएर पनि रोजगारी पाउने उहाँहरूको
राष्ट्रपति रामचन्द्र पौडेलले विकासलाई वातावरणमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
नारायणी नदी किनारको चौरमा गाडेको फोहोर उद्योग वाणिज्य सङ्घ चितवनले निकालेर विसर्जन स्थलमा फालेको छ। सर्वोच्च अदालतले नदी किनारमा गाडेको फोहोर निकाल्न आदेश दिएपछि उद्योग वाणिज्य सङ्घले गाडेको फोहोर निकालेर फालेको हो। गत पुस महिनामा सङ्घले चितवन महोत्सव गर्नका लागि भन्दै बाढीले खाल्टो बनाएको स्थानमा फोहोर गाडेर जमिन सम्याएको थियो। उद्योग वाणिज्य सङ्घले पुसमा फोहोर गाडेपछि चौतर्फी विरोध भएको थियो। विरोधपछि अदालतमा मुद्दा दायर भएको हो।
प्राकृतिक व्यक्तिले सेयर कारोबार गर्दा हुने लाभमा हाल लाग्दै आएको पुँजीगत लाभकर नै अन्तिम कर हुने सरकारले स्पष्ट पारेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकको दफा २९ मा उल्लेखित व्यवस्थाको विरोधमा अर्थ मन्त्रालय पुगेका लगानीकर्ताको टोलीलाई सरकारले प्राकृतिक व्यक्तिको हकमा सेयर बिक्री गर्दा पुँजीगत लाभकरबाहेक अन्य कर थप नगरिएको स्पष्ट पारेको हो
काभ्रेपलाञ्चोकको पनौतीमा हरेक वर्ष ज्येष्ठ शुक्ल द्वादशीदेखि असार कृष्ण तृतीयाको दिनसम्म चल्ने पनौती जात्रा (ज्याः पुन्ही) सम्पन्न भएको छ । जात्राको अन्तिम दिन आइतबार पनौतीस्थित लायकु दरबारमा उन्मत्त भैरव, भद्रकाली र महादेवको रथ एक आपसमा जुधाएर जात्रा सम्पन्न गरियो ।
जिल्लाको रैनदेवी छहरा –८, सत्यवतीस्थित केवरेडाँडामा बलेरो जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । तीन जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले श्रमिकलाई ठग्ने जो कोहीलाई अब कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ । उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा हुने ठगी जुनसुकै प्रकारको होस्, अब कारबाहीको दायरामा आउँछ, सरकारले कुनै हालमा छोड्दैन ।”
संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ ।
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड र नेपाल टेलिभिजनबिच व्यवसाय प्रवर्धन गर्न टिभिसी प्रसारण गर्ने सम्झौता भएको छ । आइतबार आयोजित कार्यक्रममा बैङ्क का प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजङ्ग शाहले हस्ताक्षर गर्नुभएको हो । सम्झौतापछि राष्ट्रिय वाणिज्य बैङ्कले उपलब्ध गराएको टिभिसी नेपाल टेलिभिजनबाट दैनिक १६ पटक समाचार अगाडि तथा बिचमा प्रसारण गर्ने छ ।
भारतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भ्रमणका क्रममा नेपाललाई मुर्रा जातका राँगा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । भारतसँग पाँच वर्षअगाडि नै यससम्बन्धी सहमति भएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार सन् २०१८ मा नेपालमा भएको नेपाल–भारत संयुक्त कृषि प्राविधिक कार्यसमूहको बैठकमा सो निर्णय भएको थियो ।