ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्की योजना माग गर्न मन्त्रालयहरु चाहार्दै आउनुभएको छ । अध्यक्ष कार्कीले आफ्नो पालिकाका लागि आवश्यक योजनाहरुको माग राख्दै कोशी प्रदेशका मन्त्रालयहरु चाहार्नुभएको हो ।
उदयपुरको त्रियुगा नगरपालिका –२ मोतियाहीले उच्च शिक्षा अध्ययन गर्ने गाउँका छोरी बुहारीहरुलाई कलेज जान आउन सहज होस् भनेर साइकल वितरण गरेको छ । सो वडाको खैजनपुर मोतियाही क्षेत्रबाट करिव ८ किलोमिटर टाढा रहेको त्रियुगा जनता बहुमुखी क्याम्पसमा अध्ययन गर्ने छोरी बुहारीहरुलाई वडा कार्यालयले साइकल वितरण गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीलाई थप सुरक्षित र मर्यादित बनाउने बताउनुभएको छ।
पूर्वाधार विकास कार्यालयको सुपरभाइजरमा कार्यरत एक जना कर्मचारी अछामको चौरपाटीमा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । चौरपाटी गाउँपालिका –५ लुंग्रा निवासी ३५ वर्षीय समशेर खड्का चौरपाटी गाउँपालिका –३ को चिरकाट्यामा मृत अवस्थामा भेटिनुभएको हो ।
सुदूरपश्चिम प्रदेशको आर्थिक ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभाबाट सर्वसम्मतले पारित भएको छ । आइतबार प्रदेश सभामै दफावार छलफल गरेर सो विधेयकलाई पारित गरिएको हो ।
सर्वोच्च अदालतले नागरिकतासम्बन्धी ऐन प्रमाणीकरणलाई तत्कालका लागि कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ।
चर्को घाम र बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्न थालेपछि स्थानीय तहहरूले धमाधम विद्यालय बन्द गर्न थालेका छन् । गौशाला र जलेश्वर नगरपालिका तथा सोनमा गाउँपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
संविधान जारी भएपछिको दोस्रो स्थानीय तह निर्वाचन भएको एक वर्षपछि म्याग्दीको बेनी नगरपालिकाले न्यायिक समितिलाई क्षमता विकास तालिम लिन सुरु गरेको छ ।
सरकारले स्थानीय तहलाई परिचयपत्रका आधारमा १० प्रतिशत शैय्या छुट्याएर विपन्न बिरामीको निःशुल्क उपचार गर्न आग्रह गरेको छ।
पर्यटकीय क्षेत्र रेसुङ्गाको प्रचारप्रसार गर्नका लागि रेसुङ्गा नगरपालिकाले 'जाउँ हिँड् रेसुङ्गा' अभियानको सुरुवात गरेको छ ।
ताप्लेजुङका तीन छुट्टा–छुट्टै स्थानीय तहले अन्तरपालिकाबीच समन्वय र सहकार्य गरेर काम गर्ने भएका छन्। जिल्लाको आठराई त्रिवेणी गाउँपालिका, मैवाखोला र मेरिङ्देन गाउँपालिकाले साझा सरोकारका विषयमा समन्वय तथा सहकार्य गर्ने भएका हुन्।
विगत पाँच वर्षदेखि पोलिथिन प्लास्टिक मुक्त सहर निमार्णमा जुटेका जनकपुरधामका स्वच्छता अभियानीहरुले विश्व वातावरण दिवसको पूर्व सन्ध्यामा नगरवासीलाई आइतबार प्लास्टिकका झोलाको सट्टा कपडाको झोला प्रयोग गर्न आग्रह गर्दै तीन सय जनालाई कपडाको झोला वितरण गरेका छन् ।
सवारी दुर्घटना कम गर्नका लागि गुल्मीमा सडकमै सवारी साधनको जाँच र चालकहरूको स्वास्थ्य परीक्षण गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेलाई क्रिकेट टोलीको प्रशिक्षणमा सामेल हुन दक्षिण अफ्रिका पठाउने तयारी गरेको छ ।
राष्ट्रिय सडक सञ्जाल नजोडिएको माथिल्लो हुम्ला आउजाउ गर्न पैदल यात्रुहरूलाई अहिले पनि तुइनकै भरमा कर्णाली नदी वारपार गर्नुपर्ने बाध्यता छ।