• १४ पुस २०८१, आइतबार

प्रतिनिधि सभा बैठकको आजको कार्यक्रम स्थगन गर्न प्रस्ताव पेस

blog

काठमाडौँ, जेठ २१  गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभाको आजको संसद्को बैठकको कारबाही स्थगन गर्न प्रस्ताव पेस गरेको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ७४ बमोजिम आजको संसद् बैठकको कारबाही स्थगन गर्न प्रस्ताव पेस गर्नुभएको हो ।

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा छलफल नगरी संसद् नियमितरुपमा अगाडि बढ्न नसक्ने उल्लेख गर्दै शाहीले निर्धारित सबै कार्यक्रम स्थगन गर्न माग गर्नुभयो । अत्यन्त जरुरी सार्वजनिक महत्त्वको विषयमाथि छलफल गर्न सो प्रस्ताव पेस गरिएको हो ।  रासस