पृथ्वी राजमार्गको सडक विस्तारको काम गरिरहेका बेला पहिरोमा पुरिएर तनहुँमा एक मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । म्याग्दे गाउँपालिका –१ माथिल्लो गुणादीमा सोमबार साँझ ५:५० बजे पृथ्वी राजमार्ग मुग्लिङ पोखरा सडक खण्डमामा काम गर्ने एकको मृत्यु र दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
नवौँ अन्तर्राष्ट्रिय योग दिवस। विश्वले सन् २०१५ देखि हरेक वर्ष जुन २१ मा योग दिवस मनाउँदै आएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय निकायमा गठन भएका ५०० भन्दा बढी योगसँग सम्बन्धित सङ्घ संस्थालाई समायोजन गरी यो दिवस भव्यताका साथ मनाउँदै छ। यस वर्षको अन्तर्राष्ट्रि«य योग दिवसको नारा संयुक्त राष्ट्रसङ्घले ‘हुम्यानिटी’ छिमेकी मुलुक भारतीय प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजना गर्ने अन्तर्राष्ट्रिय योग दिवसमा सहभागी हुनुहुने र भारतले युएनका लागि तयार गरेको नारा ‘योग फर वसुधैव कुटुम्बकम्’ (वसुधैव कुटुम्बकम्का लागि योग) रहेको छ।
पाल्पामा डुबेर दुई जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिकाको तिनाउ नदी र रैनादेवी छहराको जलुके झर्नामा पौडी खेल्ने क्रममा डुबेर एकै दिन दुई जना युवाको मृत्यु भएको हो ।
वाणिज्य, आपूर्ति, उपभोक्ता संरक्षण विभागले बजारमा प्याजको मूल्य वृद्धि भएको विषयमा श्रम अध्ययन थालेको जनाएको छ । बजेट वक्तव्यमा प्याजको आयातमा मूल्य अभिवृद्धि कर लागेको बहानामा अनियमित रूपमा आपूर्ति गरेर स्वाभाविकभन्दा उच्च मूल्य कायम गरी बेचबिखन गर्नु उपभोक्ता संरक्षण ऐनविपरीत भएकाले यस विषयमा अध्ययन थालेको विभागले जनाएको हो ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको कार्यक्रमको प्रत्यक्ष प्रसारण
क्रेडिट रेटिङमा कैफियत देखिएपछि नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको साधारण सेयर निष्कासन प्रक्रिया तत्काल स्थगित गर्न निर्देशन दिएको छ । बोर्डले निष्कासन अनुमति दिएपछि निष्कासनसमेत सुरु भएको अवस्थामा पहिलो पटक साधारण सेयर निष्कासन स्थगित गरेको हो ।
अनियमित विद्युत्का कारण दाङका सर्वसाधारण नागरिकसँगै उद्योगधन्दा पनि समस्यामा परेका छन् । गर्मी बढेसँगै विद्युत् आपूर्ति अनियमित हुन थालेपछि उद्योगी तथा व्यवसायी समस्यामा परेका हुन् । छिन छिनमै विद्युत् आउने जाने समस्याका कारण उद्योगमा समस्या परेको घोराही उपमहानगरपालिका–१८, अम्बापुरमा बिस्कुट उद्योग सञ्चालन गर्दै आउनुभएका सञ्चालक रमेश श्रेष्ठ बताउनुहुन्छ । उहाँका अनुसार विद्युत् अनियमित हुँदा उद्योगका सामान बिग्रिनुका साथै उत्पादन घटाउनुपर्ने बाध्यता छ ।
राष्ट्रिय मानव अधिकार आयोगले सम्पूर्ण नागरिकको नागरिकता प्राप्त गर्ने अधिकारको सम्मान, संरक्षण र सुनिश्चित गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । आयोगले व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका सबै पक्षसँग जोडिएको नागरिकता प्राप्त गर्ने एवं व्यक्तिको पहिचानको विषयलाई संवेदनशील रूपमा लिन आग्रह गरेको छ ।
राष्ट्रिय महिला आयोगले सीमान्तकृत महिलाको सशक्तीकरणका विषयमा सरोकारवालासँग छलफल गरेको छ । आयोगद्वारा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले संवैधानिक र अन्य विभिन्न आयोगले सम्बन्धित र समाजमा पिछडिएका वर्गका महिलाको अवस्थाको छुट्टाछुट्टै अध्ययन गर्दै राज्यको विशेष ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिनुभयो ।
महालेखा परीक्षक कार्यालयको विज्ञ टोलीले एक साताभित्र राजनीतिक दलको लेखापरीक्षण प्रतिवेदन छानबिन प्रक्रिया टुङ्ग्याउने गरी काम अगाडि बढाएको छ। राजनीतिक दलले बुझाएको लेखापरीक्षण प्रतिवेदनमा शङ्का लागेपछि निर्वाचन आयोगले विज्ञ टोली परिचालन गरेर प्रतिवेदन जाँच गराउँदै छ।
बागलुङको बलेवाका ८७ वर्षीया आमा चिरञ्जीवी रेग्मीले २४ वर्षपछि कान्छो छोरा आउँछ भन्ने आस मारिसक्नु भएको थियो । तर छोरा घर फर्केपछि उहाँले हर्षका आँसु झार्नुभयो ।
बाँकेको जानकी गाउँपालिका –४ छत्रपुर र खजुरा गाउँपालिका –४ चल्तुवास्थित किरण नालामा निर्माणाधीन पक्की पुल असार २५ गतेसम्म सम्पन्न हुनेगरी निर्माण सम्झौता भए पनि निर्माण कार्य फाउण्डेशनमै अल्झेको छ ।
नेकपा (एमाले) का सांसद रघुजी पन्तले आफ्नो राष्ट्रिय स्वार्थ र कूटनीतिलाई ध्यान दिएर परराष्ट्र नीति सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चासँग कसैलाई नतर्सिन आग्रह गर्नुभएको छ । काठमाडौंमा आज आयोजित चार दलको समाजवादी मोर्चा घोषणा सभामा उहाँले सो कुरा बताउनुभएको हो ।
उपप्रधान एवम् रक्षामन्त्री तथा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अर्कालाई औँला ठड्याएर पार्टीमा रूपान्तरण सम्भव नरहेको बताउनुभएको छ ।