बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना भएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो ऐतिहासिक राजकीय भ्रमणका लागि मङ्गलबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्नु भएको छ ।
बाजुराको बडिमालिका नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । बाजुरामा यसअघि यातायातको सुविधा नहुँदा अधिकांश कृषकले उत्पादन गरेको तरकारी उनीहरूकै बारीमै सड्ने गर्थ्यो ।
असार २ गते मध्यरातमा अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि तत्काल बेलिब्रिज निर्माण कार्य सुरु भएको हो।
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले नेपाल सरकारले अखण्ड भारतसम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको बताउनुभएको छ ।
शान्नित्रिवेणी गाउँपालिका वडा नम्बर ६ को मेहेलमुडीबाट डाँडाखेततर्फ आइरहेका बालबालिकाले बोराको झोला भित्र किताब राखेका छन्।
विपद्का घटनाहरुबाट यसवर्ष हालसम्म १० जनाको मृत्यु भएको छ । यस वर्ष मनसुन सुरु भएसँगै विपदका घटनाहरुबाट हालसम्म १० जनाको मृत्यु भएको हो ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिका -३ राजापानी सामुदायिक वनमा गिद्ध आहार केन्द्र बनाउने तयारी भएको छ । सामुदायिक वनले स्थानीय सरकार, सङ्घ संस्थाको सहयोगमा आहार केन्द्र सञ्चालन गर्ने तयारी गरेको वनका अध्यक्ष सिता देवी पौडेलले बताउनुभयो ।
विश्व योग दिवसको अवसरमा मनराशिसवा नगरपालिकाले भोलि वृहत् योग शिविर आयोजना गर्ने भएको छ । विद्यालय तहमा योग र संस्कृत शिक्षालाई अनिवार्य गरेर चर्चामा आएको मनराशिसवाले स्थानीय दुर्गा माविको प्राङ्गणमा नवौँ विश्व योग दिवस मनाउने तयारी गरेको हो ।
ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा कार्यरत आयोजना व्यवस्थापकसहित तीन जना कर्मचारी पक्राउ परेका छन् ।
गाउँमै आयआर्जनको भरपर्दो बाटो नभएपछि अछाम तुर्माखाद गाउँपालिकाका नरबहादुर नेपालीलाई पनि वैदेशिक रोजगारीमा जाने चाहना भयो । तर यसका लागि आवश्यक रकमको जोहो गर्न नसक्दा उहाँको चाहना त्यतिकै सीमित बन्यो । गाउँमै केही इलम गर्ने धोको भए पनि उहाँसँग कुनै सीप नहुँदा अनुत्पादक रूपमै समय बितिरहेको थियो ।
बाँकेको कोहलपुर -१ स्थित जनज्ञान ज्योति माध्यमिक विद्यालयका विद्यार्थीलाई कविता लेख्ने र वाचन गर्ने सिप प्रदान गर्न सिर्जनात्मक लेखन कार्यशालाको आयोजना गरिएको छ ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक एवम् प्रनितिधि सभा सांसद हितराज पाण्डेले पूर्वी पहाडी जिल्लामा वर्षापछि आएको बाढीपहिरोका पीडितहरुलाई उद्धार, उपचार र उचित राहतको तत्काल व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकमा प्रदेशको नाम उल्लेख नभएको भन्दै सांसदहरूले विरोध जनाउनुभएको छ । बजेटमा लुम्बिनी प्रदेशलाई प्रदेश नम्बर पाँच उल्लेख गरिएको भन्दै सांसदहरूले आपत्ति जनाउनुभएको हो ।
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर शुक्रबार हुने भएको छ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शुक्रबार (असार ८ गते) प्रत्यक्ष प्रश्नोत्तर हुने भएको हो ।