नयाँदिल्ली, असार ५ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो पहिलो ऐतिहासिक राजकीय भ्रमणका लागि मङ्गलबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्नु भएको छ ।
अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री मोदीले ट्विटमा लेख्नु भएको छ, ‘अमेरिका प्रस्थान गर्दैछु, जहाँ म न्यूयोर्क सहर र वाशिङ्गटन डिसीमा हुने कार्यक्रमहरूमा सहभागी हुनेछु । ती कार्यक्रमहरूमा योग दिवस मनाउने, राष्ट्रपति बाइडेनसँग वार्ता गर्ने लगायताका छन् ।’
‘प्रधानमन्त्री मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेनले भ्रमणको निमन्त्रणा दिनु भएको हो । भ्रमण न्युयोर्कमा सुरु हुनेछ जहाँ प्रधानमन्त्रीले जुन २१ मा संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने कार्यक्रमको नेतृत्व गर्नेहुनेछ ।’
प्रधानमन्त्री मोदी त्यसपछि वाशिङ्गटन डिसी प्रस्थान गर्नु हुनेछ जहाँ उहाँले जुन २२ मा ह्वाइट हाउसमा राष्ट्रपति बाइडेनलाई भेट्नुहुनेछ । राष्ट्रपति बाइडेन र प्रथम महिला जिल बाइडेनले सोही दिन साँझ प्रधानमन्त्रीको सम्मानमा रात्रि भोजको आयोजना गर्नु हुनेछ ।
प्रधानमन्त्री मोदीले जुन २२ मा अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । रासस/एएनआई