आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको असामयिक निधनको शोकमा प्रदेश सरकारले आज (बुधबार) सार्वजनिक बिदा दिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मङ्गलबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिइएको हो ।
सप्तकोशी नदीमा आएको बाढीले सुनसरी र उदयपुर जिल्लाको बिचमा पर्ने श्रीलङ्का टापुमा कटान तीव्र बनाएको छ। सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिका–६ को शिबाइ टोल क्षेत्र र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ को पश्चिमी भागमा पर्ने श्रीलङ्का टापुमा मङ्गलबार अपराह्नबाट कटान तीव्र बनेको हो। वराहक्षेत्र–६, शिबाइ टोलकी शान्ति चन्द्रवंशीले नदीमा अपराह्नबाट तीव्र बहावसँगै आएको बाढीले शिबाइ टोल अगाडिको क्षेत्र कटान गरिरहेको बताउनुभयो। बेलका–८ अन्तर्गत पर्ने अघिल्लो वर्ष कटानमा परेको लाहुरे खोँचभन्दा केही माथिबाट पश्चिमतर्फ पनि तीव्र रूपमा कटान भइरहेको बेलका नगरपालिका–८ का वडाध्यक्ष जयकुमार राईले जानकारी दिनुभयो।
उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिका सडकखण्ड अवरुद्ध भएको छ। सोमबार साँझ परेको पानीले बाटो बगाएपछि यातायात अवरुद्ध भएको हो। मुख्य गरी मकालु गाउँपालिकाको देउराली, नुम बजार छेउ, फ्याक्सिन्दा दोभान पारी, सामाटारलगायतका ठाउँ ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। पहिरो र बाढीको कारण ठाउँ ठाउँमा बाटो भत्किएपछि जिल्लाको उत्तरी क्षेत्रतर्फ जाने सवारीसाधन सञ्चालन हुन सकेको छैन। यस सडक मार्फत मकालु गाउँपालिका र भोट खोलाका बासिन्दा आवतजावत गर्ने गर्दछन्।
हुम्लामा सब-स्टेसन निर्माणका लागि जग्गा छनोट गरिएको छ । राष्ट्रिय प्रसारण लाइनसँग हुम्लालाई जोड्नका लागि सब-स्टेसन निर्माण गर्न लागिएको हो ।
सत्तारूढ गठबन्धनमा रहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी र सत्ताबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा नेपाल बनाएका छन् । संंसदीय अभ्यासमा रहेका तीन र संसद्बाहिर रहेको एक दलको यो मोर्चाको सातबुँदे घोषणापत्रमा १५ बुँदे प्रतिबद्धता छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विशेषता पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने पहिलो उद्देश्य मोर्चाको छ । यसका नीतिगत प्रतिबद्धता मूलतः मुलुकको विद्यमान संविधानमै समेटिएका विषय देखिन्छन् । संविधानले तय गरेका राज्य
ऐन तथा नियमबमोजिम सार्वजनिक निकायले कुनै मालसामान, परामर्श सेवा वा अन्य सेवा प्राप्त गर्ने वा कुनै निर्माण गर्ने वा गराउने कार्यलाई सार्वजनिक खरिद ऐनमा खरिद भनिएको छ । सार्वजनिक खरिद प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आमनागरिकको चासोको विषय हो । सार्वजनिक निकायका पदाधिकारीमार्फत सार्वजनिक खरिदसम्बन्धी कारबाही प्रारम्भ हुन्छ ।
बेनी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको दिगोपनाको घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका म्याग्दीका प्रमुख राजकुमार थापाले नगरपालिकालाई पूर्ण खोप सुनिश्चितताको घोषणा गर्नुहुँदै प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो ।
सामान्य अर्थमा बुझ्दा योग भनेको जोड हो । हालका दिनमा स्वास्थ्य र जीवनशैली परिवर्तनमा व्यापक प्रचार हुँदै गएको योग के हो त ? पछिल्लो पुस्ताले शारीरिक अभ्यास वा क्रियाकलापलाई नै योगको रूपमा बुझ्ने गरेको पाइन्छ । योगलाई यति साँघुरो घेरामा सीमित गर्न सकिँदैन र गर्न मिल्दैन । योग आफैँमा व्यापक दायरा भएको क्षेत्र हो । शरीर, मन र आत्माबिचमा आपसी सामञ्जस्यता नै योग हो भनेर गरिने परिभाषाले योगको व्यापक अर्थलाई बुझाउन सक्छ ।
अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज (बुधबार) विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ ।
१. युरोपेली च्याम्पियन्स लिग २०२३ को उपाधि जित्ने फुटबल क्लब कुन हो ? म्यान्चेस्टर सिटी – इङ्ग्लिस प्रिमियर लिग क्लव म्यान्चेस्टर सिटीले पहिलो पटक च्याम्यिन लिग उपाधि जितेको । – यसअघि म्यान्चेस्टर सिटीले प्रिमियर लिग र एफए कप पनि हात पारेको । म्यान्चेस्टर सिटीले एकै सत्रमा तीन उपाधि जितेर म्यान्चेस्टर युनाइटेडले बनाएको इतिहासको बराबरी गरेको । म्यान्चेस्टर युनाइटेडले सन् १९९९ मा सो
सामाजिक सञ्जालमा सरकारी निकाय १. सामाजिक सञ्जाल भन्नाले के बुझ्नुहुन्छ ? सामाजिक सञ्जालमा सरकारी निकायको सहभागिता किन आवश्यक छ ? विश्लेषण गर्नुहोस् । सामाजिक सञ्जाल एक डिजिटल प्लेटफर्म हो; जसको माध्यमबाट धेरै मानिसबिच सम्पर्क स्थापित भई सूचना आदानप्रदान गर्न सहज हुन्छ । यसबाट सूचना तथा सञ्चारसम्बन्धी कार्यलाई मितव्ययी र प्रभावकारी ढङ्गले सम्पादन गर्न सकिन्छ । संसारको जुन कुनै स्थानबाट मानिसहरू आबद्ध भई प्रत्यक्ष कुराकानी गर्न, आफ्ना विचार राख्न र गतिविधिबारे जानकारी लिन सकिन्छ । – फेसबुक, ट्विटर, भाइबर, टिकटक, युट्युब जस्ता सामाजिक सञ्जाल एपमार्फत कम्प्युटर वा
केरा चोरी हुने समस्या र अर्कोतिर केरा खेतीका लागि सिँचाइको व्यवस्था नभएपछि कपिलवस्तुको विजयनगर गाउँपालिकाकी एक महिला कृषकले केराबारीमा आगो लगाएर आक्रोश पोख्नुभएको छ । विजयनगर गाउँपालिका–६, थरौलीमा करिब सात सय केरा बोट आगो लगाएर नष्ट गरिएको छ । चार लाख लगानी गरी लगाइएको आठ कट्ठा क्षेत्रफलको केरा खेती नष्ट गरिएको हो । कृषक लालसरी घर्तीमगरले रातभरि चौकीदार बस्न सकिँदैन भन्दै बिक्री गर्नयोग्य केरा रातभरिमा चोरी हुने गरेको पीडा सुनाउनुभयो ।
सरकारले धुर्मुस सुन्तली फाउण्डेशनले तिर्नुपर्ने गिरानचौर एकीकृत नमुनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ ।
धनकुटा पाख्रीबासका चिया कृषक गोविन्द थापाले चिया खेती सुरु गरेको करिब २५ वर्ष भएको छ । २०५५ सालबाट सुरु गरेको चिया खेती २०७० सालसम्म विस्तार गर्दै बित्यो । त्यो बेला चियामा राम्रो भविष्य देखेर सुरु गरेको चिया खेती उहाँलाई निल्नु न ओकल्नु बनेको छ । अहिले उहाँको चिया बिक्री नहुँदा समस्या भएको हो । चिया बारीभरि छ तर टिप्ने जनशक्ति छैन, नटिपे चिया बिक्दैन । त्यसैले त उहाँलाई चिया बेच्न निकै मुस्किल भएको छ । “चियाको प्लटिङ गर्ने, छाँटकाँट गर्ने कार्य बन्द हुँदा चिया झाडीमा परिणत हुँदै गएको छ,” थापा भन्नुहुन्छ ।
अभिनेता सरोज खनालको निर्देशनमा बनेको नेपाली चलचित्र ‘बगान’ को टिजर सार्वजनिक भएको छ । आगामी २९ गते रिलिज हुने चलचित्रको टिजरमा अभिनेतृ करिश्मा मानन्धरलाई एकल महिलाका रूपमा चित्रण गरिएको छ । एकल महिलाका इच्छा, चाहना, उनलाई परिवारले गर्ने व्यवहार इत्यादिलाई ‘बगान’ को टिजरमा प्रस्तुत गरिएको छ । टिजरमा प्रमुख कलाकारहरू सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेतृ प्रमिला कार्कीसँगै नीर शाह, वसुन्धरा भुसाल र मिथिला शर्मालाई पनि देखाइएको छ । स्वप्न नीरवको कथामा आधारित रही बनेको चलचित्रबाट अभिनेता खनालले निर्देशनमा डेब्यु गर्नुभएको हो ।