• १३ साउन २०८१, आइतबार

धुर्मुस सुन्तली फाउण्डेशनले तिुर्नपर्ने कर छुट दिने सरकारको निर्णय

blog

मङ्गलबार बसेको मन्त्रिपरिषद बैठक । फाइल तस्बिर

काठमाडौं, असार ६ गते । सरकारले धुर्मुस सुन्तली फाउण्डेशनले तिर्नुपर्ने गिरानचौर एकीकृत नमुनावस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरणपछि चुक्ता गर्न बाँकी कर छुट दिने निर्णय गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । बैठकले ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल चीन सीमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिह्न स्तम्भ (५३) १ लाई संयुक्त रुपमा पुनःस्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय भएको बताउनुभयो ।

मन्त्री शर्माले भन्नुभयो, ‘‘धुर्मुस सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमूना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धनको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा जुन कर थियो, त्यसको चुक्ता, असुल उपर गर्नुपर्ने अग्रिम कर छुट दिने भन्ने निर्णय भएको छ । नेपाल चीन सीमानाको तातोपानी झ्याङ्मुस्थित सीमा चिह्न स्तम्भ (५३) १ लाई संयुक्त रुपमा पुनःस्थापनाका लागि नेपाली टोली गठन गर्ने भन्ने निर्णय भएको छ ।’’

मन्त्री शर्माले मन्त्रीपरिषदमा विपदको बारेमा थप व्यवस्थापन गर्नेबारेमा छलफल भएको पनि बताउनुभयो ।