राष्ट्रपति रामचन्द्र पौडेलले तनावमुक्त हुन योग आवश्यक रहेको बताउनुभएको छ। अन्तर्राष्ट्रिय योग दिवस (जुन २१) का अवसरमा बुधबार शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले योगले तनावमुक्त हुने र रोग प्रतिरोधात्मक क्षमता बढाउने बताउनुभएको छ। उहाँले सकारात्मक सोच विकास हुने, अनुशासन र आन्तरिक ऊर्जा प्राप्त गर्नसमेत योगले मद्दत पु-याउने शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ।
सिंहदरबारस्थित सरकारको एक मात्र डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा करिब १५ सय बेवसाइट प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्रवक्ता सफल श्रेष्ठले डाटा सेन्टरमा विद्युत् आपूर्ति अवरुद्ध हुँदा केन्द्रका सबै सेवा अवरुद्ध भएको जानकारी दिनुभयो। तर यसबाट सेन्टरका कुनै पनि डाटा र सूचनामा क्षति नपुगेको उहाँले बताउनुभएको छ। श्रेष्ठका अनुसार मङ्गलबार बिहानैदेखि केन्द्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको बताउनुभयो। विद्युत् प्राधिकरणको केबलमा हिट भएपछि मङ्गलबार दिउँसो करिब २ बजे केन्द्रको गेटमै रहेको मुख्य ट्रान्सर्फमर ठुलो आवाजसाथ पड्किएको थियो। त्यसपछि सिंहदरबारभित्र विद्युत् आपूर्ति पूर्र्ण रूपले अवरुद्ध भएको थियो।
गत पुस १७ गतेदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय उडान हुँदै छ। बुधबार चीनको छेङ्दुस्थित टिएन्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट सिचुवान एयरलाइन्सको चार्टर्ड जहाज पोखरामा अवतरण हुनेछ। हाल सिचुवानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्दै आएको छ। पोखरा विमानस्थल प्रमुख विक्रम गौतमले भन्नुभयो, “फेवातालमा असा
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोकुमार राईले शिक्षा गलत सूचना, विभेदजन्य र घृणापूर्ण अभिव्यक्तिको निराकरण गर्ने शक्तिशाली हतियार भएको बताउनुभएको छ।
आफ्नो जीवनकालमा विशिष्ट योगदान दिनुभएका सामाजिक तथा साहित्यिक व्यक्तित्वको नाममा सरकारले हुलाक टिकट प्रकाशन गरेको छ ।
काठमाडौं, असार ५ गते । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा कांग्रेस नतर्सिने बताउनुभएको छ । मंगलबार संसदबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले समाजवादी मोर्चाबाट कांग्रेस नतर्सिएको बताउनुभएको हो । उहाँले अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना नरहेको समेत स्पष्ट पार्नुभयो । उहाँले एमालेसँग दुरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताले समाजवादी मोर्चा घोषणा गरेको बताउनुभयो । उहाँले समाजवादी मोर्चासँग आशंका गरेर कांग्रेस सरकारबाट नबाहिरिने बताउनु भयो । उहाँले विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी सञ्चालन हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अब एमालेसहितको कम्युनिष्ट एकताको सम्भावना अब रहेन, एमालेसँग दुरी बढाउनका निम्ति अरु कम्युनिष्ट नेताहरुले यो गरेका हुन् । यो मोर्चा बनाएपछि सरकार फेरिने, कांग्रेस त्यसमा आशंका गरेर बाहिरिने स्थिति बन्छ भन्ने लाग्दैन । हाम्रो भाषण कम छ तर वैचारिक बहस पनि कम भएको छ । विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी चल्नुपर्छ । बैठक नियमित ढंगबाट बस्नुपर्छ । जुन विषयमा निर्णय गर्नुपर्नेछ, त्यो निर्णय सभापति र उहाँले मन पराएका दुई चार जना मात्रै बसेर गर्नु भएन । कार्य सम्पादन, केन्द्रीय समितिहरु पनि त्यसमा सहभागी हुनुपर्छ ।’’सांसद पौडेलले पार्टीबाट गरिने निर्णय सभापति र सभापतिका नजिकका केही नेतामात्रै बसेर गर्न नहुने बताउनुभयो ।
कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले दाङको घोराही उपमहानगरपालिकाले कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ ।
साविक विजेता फ्रिडम फाइटरले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
बझाङको केदास्यु गाउँपालिका-१ को धारछडामा सोमबार गाडी दुर्घटना हुँदा गम्भीर घाइते हुनुभएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको कोहलपुर मेडिकल कलेजमा निधन भएको छ।
नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा लगातार तेस्रो हार खेपेको छ ।
युक्रेनी सेनाले रूस र क्रिमियाको प्रायद्वीपमा आक्रमण गर्न पश्चिमा सेनाले आपूर्ति गरेको क्षेप्यास्त्र प्रयोग गर्ने योजना बनाएको मङ्गलबार मस्कोले दाबी गरेको छ ।
ताप्लेजुङमा बाढीपहिरोले सात वटा लघु जलविद्युत गृह बगाएको छ । गत शुक्रबार, शनिबार र आइतबार वर्षासँगै आएको बाढीपहिरोले लघु जलविद्युत गृह बगाएसँगै मैवाखोला र याम्फुदीनका समुदाय अन्धकार बस्न बाध्य छन् ।
कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका -८ गँगटेस्थित सडकखण्डमा भएको कार दुर्घटनामा चालकको मृत्यु भएको छ ।
औषधि व्यवस्था विभागले बिरामीलाई अति आवश्यक औषधिको उपलब्ध गराउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
कान्ति लोकपथअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका -८ गँगटेस्थित सडकखण्डमा कार दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।