प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले नेपाली प्रेस र बार एसोसिएसनको सक्रिय भूमिकाका कारण लामो समयदेखि न्यायालयमा रहेको नेतृत्वको अन्योल हटेको बताउनुभएको छ ।
दुर्गमको सर्केगार्ड गाउँपालिकाको साँबया स्वास्थ्य चौकीमा सञ्चालन गरिएको दुई दिने आँखा शिविरमा ४५ जना ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक सचिनकुमार भदैसवारविरुद्ध आज (मङ्गलबार) विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (मङ्गलबार) दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव ५६ अङ्कले ओरालो लागेर दुई हजार ६४ दशमलव ८३ मा सीमित भएको छ ।
बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार भर्खरै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो।
जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोट खेल अन्तर्गत समूह चरणको दोस्रो खेलमा अमेरिकाले जितको लागि नेपाललाई दुई सय आठ (२०८) रनको लक्ष्य दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवीन सोच राष्ट्र र जनताको पक्षमा सामाजिक रूपान्तरणका निम्ति अपरिहार्य भएको बताउनुभएको छ।
बझाङ दुर्घटनामा घाइते हुनुभएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित घाइते तीन जनालाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ।
नेकपा (एमाले) स्वास्थ्य तथा जनसङ्ख्या विभागले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ । एमाले स्वास्थ्य विभाग प्रमुख एवम् पूर्व स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सदस्य टोलीले मङ्गलबार मन्त्री बस्नेतलाई मन्त्रालयमै भेटेर ज्ञापनपत्र बुझाएको हो ।
जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोट खेल अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले मङ्गलबार अमेरिकाविरुद्ध कसिलो बलिङ गरेको छ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल स्काउटले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय सफलता हात पारिरहेको भन्दै प्रशंसा गर्नुभएको छ । मङ्गलबार नेपाल स्काउटको ७२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।
तनहुँको म्याग्दे गाउँपालिका–१ माथिल्लो गुणादीमा सोमबार पहिरोमा परी घाइते भएका मजदुरमध्ये थप एक मजदुरको मृत्यु भएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बजेट पुस्तिकामा भएका त्रुटिहरू तत्काल सच्याउन सरकारलाई निर्देशन दिनु भएको छ ।
इलामका आठ स्थानीय पालिकालाई अनुदानमा प्राप्त रासायनिक मलको कोटा निर्धारण गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बिर्तामोडले इलामका लागि गत जेठ २१ गते दुई हजार तीन सय बोरा रासायनिक (युरिया) मल छुट्याएको हो ।