सङ्खुवासभामा अविरल वर्षासँगै आएको बाढी–पहिराले उत्तर–दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाले उत्तर–दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो । वर्षासँगै आएको बाढी पहिराले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी –किमाथाङ्का सडक ठप्प भएको हो ।
साहित्यकार रामप्रसाद पन्तको हालै प्रकाशित निबन्धावली ४२ औँ कृति हो । यसमा विगत २० वर्षका अन्तरालमा लेखिएका २५ वटा निबन्धहरू सङ्कलित छन् । निबन्धावली शब्द नेपाली साहित्यमा उति प्रचलित शब्द नभए पनि निबन्ध र आवली शब्द मिली बनेको निबन्धावलीले पङ्क्ति मिलाएर राखिएको निबन्धको अर्थ राख्छ ।
सुदूरपश्चिम प्रदेशको तराईका जिल्लामा हल्का वर्षा भएपछि चर्को गर्मीबाट केही राहत मिलेको छ । सोमबार अपराह्न र मङ्गलबार बिहान हल्का वर्षा भएको छ । आकाशमा कालो बादल मडारिँदा तापक्रम केही घटेको छ । यहाँको कैलाली र कन्चनपुर जिल्लामा पानी नपर्दा अन्नपात तथा तरकारी बाली सुकेको छ । अघिल्लो दिन पहाडी क्षेत्रमा हल्का वर्षा भएकोमा मङ्गलबार बिहान धनगढीसहितका केही क्षेत्रमा सिमसिमे वर्षा भएको हो ।
बैतडी जिल्ला हरेक वर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै आए पनि खोप पाएका बालबालिकाले पोसिलो खाना नपाउँदा कुपोषित बालबालिकाको समस्या बढ्दै गएको छ। २०७२ सालमै बैतडी पूर्ण खोपयुक्त जिल्ला घोषणा भइसके पनि हाल पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिँदै आएको छ।
पाँचथर सदरमुकाम फिदिममा नवौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय पाँचथर र पतञ्जलि योग समितिले बुधबार संयुक्त रूपमा यो दिवस मनाइएको हो ।
धरानदेखि ऐतिहासिक साँगुरीगढी जाने पर्यटकीय गन्तव्य श्रम संस्कृति पदमार्गको उद्घाटन गरिएको छ । पूर्वको रमणीय स्थलमध्ये साँगुरीगढी पनि एक हो । यहाँबाट धनकुटा, तेह्रथुम, सङ्खुवासभा लगायत पहाडी क्षेत्रका बासिन्दाहरू पहाड, मधेश आवतजावत गर्ने गन्तव्य रहेको थियो ।
निर्माण कार्य सम्पन्न भइसक्दा पनि डोल्पास्थित मसिनेचौर विमानस्थल सञ्चालनमा आउन सकेको छैन। २०६८ सालमा निर्माण गरिएको विमानस्थल २०७२ सालमा कालोपत्रे गरिएको थियो। पूर्वाधार निर्माणको सबै काम सम्पन्न भइसकेको छ तर अहिलेसम्म परीक्षण उडानसमेत गरिएको छैन।
व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडान हुँदैछ । चिनियाँ विमान कम्पनी सिचुआन एयरलाइन्सले पोखरामा सिधा चार्टर्ड उडान भर्न लागेको हो ।
नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेती दोभानको पुल सञ्चालनमा आएको छ । निर्माणाधीन १५ पुलमध्ये सेती दोभानको पुल सञ्चालनमा ल्याइएको हो ।
मधेश प्रदेशमा बालबालिकाको पोषणको अवस्था निकै कमजोर रहेको बताउँदै यस प्रदेशका बालबालिकाको पोषणमा सुधारका लागि सामूहिक प्रयासको आवश्यकता औँल्याइएको छ। स्वास्थ्य निर्देशनालय मधेश प्रदेशले जनकपुरधाममा मङ्गलबार आयोजना गरेको प्रदेशस्तरीय पोषण कार्यक्रम समीक्षा तथा योजना तर्जुमा गोष्ठीमा सहभागी वक्ताहरूले यस्तो आवश्यकता औँल्याउनुभएको हो। अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा बालबालिकाको पोषणको अवस्था निकै कमजोर भएको भन्दै आठ वटा जिल्लामा पोषण सुधारका लागि सामूहिक प्रयासमा उहाँहरूले जोड दिनुभयो।
चिनियाँ अनुदानमा निर्माणाधीन चौतारा अस्पतालको नयाँ भवन निर्माण कार्य ६५ प्रतिशत पूरा भएको छ । सन् २०२२ सेप्टेम्बर ९ बाट निर्माण सुरु भएको उक्त भवन हाससम्म ६५ प्रतिशत पूरा भएको हो ।
गायक रवि ओड र शान्तिश्री परियारको स्वर रहेको ‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक भएको छ । मङ्गलबार एक कार्यक्रमबीच उक्त गीत सार्वजनिक गरिएको हो ।
कथाकार विक्रमभक्त जोशी जोशीको पहिलो कथासङ्ग्रह ‘चोभार ब्लुज’ भित्र १९ वटा कथा समेटिएका छन् । कथा नयाँ छैनन् तर नयाँ प्रस्तुतिले कथाकारको आफ्नो निजत्व देखिन्छ । सङ्ग्रहभित्रकै ‘चोभार ब्लुज’ शीर्षकबाटै यस कथा सङ्ग्रहको नामकरण गरिएको रहेछ ।
युवा किसान सङ्घको राष्ट्रिय भेलाले उत्कल सापकोटाको नेतृत्वमा ५१ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । यही असार ४ र ५ गते काठमाडौँमा सम्पन्न भेलाले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
सामन्तवादको अवशेष मानिएको मिटरब्याज समस्या अन्त्यका लागि सरकारले सञ्चालन गरेको अभियानविरुद्ध मिटरब्याजीहरू प्रतिरक्षामा जुटन थालेका छन्। सङ्गठित हुँदै गएका मिटरब्याजीले प्रशासन कार्यालयविरुद्ध निषेधाज्ञा र अवहेलना मुद्दा लगाएर सरकारी अभियानलाई प्रश्नको घेरामा पारेका छन्। यसले मिटरब्याज समस्या समाधानमा जुटेको सरकार र प्रशासनको प्रयास र अभियानलाई चुनौतीपूर्ण बनाउँदै लगेको घटनाक्रमले देखाएको छ।