जनता समाजवादी पार्टी, नेपाल (जसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ।
पछिल्लो समय चियाको अन्तर्राष्ट्रिय बजार निकै उत्साहजनक पाइए पनि अर्गानिक प्रमाणीकरण भने उद्योगी र किसानका लागि गलपासो बन्नेगरेको छ । आफ्नो उत्पादन विदेश निर्यातका लागि अनिवार्यजस्तै बनेको अर्गानिक प्रमाणीकरण खर्चिलो र बाध्यात्मक पनि छ ।
पाल्पाको कालीगण्डकी नदी र तिनाउ नदीमा पौडी खेल्दा डुबेर मृत्यु हुनेको सङ्ख्या बढेको छ। पौडी खेल्न पोख्त नभएका र साथीभाइको लहैलहैमा पौडिन खोज्दा नदीमा डुबेर मृत्यु हुनेको सङ्ख्या बढेको हो।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिकीकरण
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसद उर्मिला थेबेले यही असार २ गतेदेखि परेको अविरल वर्षाका कारण ताप्लेजुङ, पाँचथर, सङ्खुवासभा, तेह्रथुमलगायत जिल्लामा ठुलो जनधनको क्षति भएकामा सरकारको ध्यानाकर्षण गराउनुभयो।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचेतक महेशकुमार बर्ताैलाले विद्यालयका लेखापाल र कार्यालय सहयोगीको खरदारसरह सेवा, सुविधा पाउनुपर्ने माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गर्नुभएको छ ।
सुख्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।
नेपाल ट्रेड युनियन कांग्रेसको नयाँ कार्यसमितिका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ । यही असार ४ गतेदेखि सुरु भएको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमिति चयन हुन लागेको हो ।
अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पोखरामा भारतीय दूतावासले आयोजना गरेको योग शिविरमा योग अभ्यास गर्दै सहभागीहरु
सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसद अच्युतप्रसाद मैनालीले बाराको सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग गर्नुभएको छ ।
मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले रोग लाग्न नदिन नियमित योग अभ्यास अनिवार्य रहेको बताउनुभएको छ । नवौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा बुधबार बिहान आयोजित योग अभ्यास कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
अतिरिक्त हुलाक खारेजीको विरोधमा जिल्ला प्रशासन आगाडि प्रदर्शन गरिएको छ । सरकारले बजेट वक्तव्यमार्फत अतिरिक्त हुलाक कार्यालय खारेजीको घोषणा गरेपछि कर्मचारीहरू विरोधमा उत्रिएका हुन् ।
तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पृथ्वीराजीमार्गमा पर्ने आँबुखैरेनी गाउँपालिका –२ एक्लेफाँटमा भएको दुर्घटनामा लम्जुङ, सुन्दरबजार न.पा.–९ बस्ने ५८ वर्षीय चन्द्र ब. गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले जानकारी दिनुभयो ।
सङ्घीय सरकारबाट बजेट नआउँदा म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा समस्या भएको छ । गाउँपालिकाको वडा नम्बर ३ घट्टेखोलास्थित निर्माणाधीन भवनका लागि सङ्घीय सरकारबाट आउनुपर्ने बजेट समयमै नआउँदा भवनको काम अलपत्र परेको हो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले नेपाल—चीन जोड्ने मुस्ताङको कोरला नाका तत्काल खुलाउनसके नेपालमा पर्यटकहरूको वृद्धि हुने बताउनुभएको छ ।