मङ्गलबार दिउँसो दुर्घटनामा परी निधन हुनुभएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंहको निधनले बझाङ जिल्ला शोकमा डुबेको छ ।
सर्वोच्च अदालतमा बुधबार छ जनाविरुद्ध मुद्दा दायर भएको छ ।
म्याग्दीको मालिका गाउँपालिकाले कृषि खेतीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ ।
तानसेन नगरपालिका –४ कि भुना थापालाई उद्यमी महिला भनेर सम्बोधन गर्दा खुसीले मन प्रफुल्ल हुनेगर्छ । आफ्नो होजियरी फर्म यो अवस्थामा आइपुग्ला भनेर उहाँलाई विश्वास थिएन । तर गरेपछि हुन्छ भन्ने अनुभव भएको उहाँको भनाइ छ ।
कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेसँगै पोर्चुगलले युरो कप २०२४ को छनोट खेलमा आइसल्यान्डमाथि कठिन जित निकालेको छ । मङ्गलबार राति भएको खेलमा पोर्चुगलले घरेलु टोली आइसल्यान्डलाई १–० गोलले हरायो ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवम् पूर्व अर्थमन्त्री जनार्दन शर्माले नेपालमा अर्गानिक मल कारखानाको आवश्यकता भएको बताउनुभएको छ।
उदयपुरको ताप्ली गाउँपालिकाले नयाँ प्रशासकीय भवनबाट स्थानीयहरूमा सरकारी सेवा प्रवाह गर्न सुरु गरेको छ । मुलुक सङ्घीय गणतन्त्रमा गएसँगै स्थानीय तहहरूलाई समेत सरकारको रूपमा राखिएपछि पालिकाले सुविधा सम्पन्न नयाँ भवन निर्माण गरी त्यसैबाट सेवा प्रवाह गर्न थालेको हो ।
नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घको आयोजनामा छैटौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शनिबार हुने भएको छ ।
नेपाल नेत्रज्योति सङ्घ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब आठ लाख बालबालिका लाभान्वित भएका छन्। आँखा जाँच गरिएकामध्ये चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या देखिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि ल्याएको बजेटमा नेपालकै पहिलो पन्छी अभय आरण्य क्षेत्रका लागि बजेट नछुट्याएको भन्दै सरोकारवालाले गुनासो गरेका छन् ।
होन्डुरसको केन्द्रीय महिला कारागारमा दङ्गा भड्किदा ४१ जना कैदीको मृत्यु भएको छ। न्यु योर्क टाइम्सका अनुसार लामो समयदेखि समस्याग्रस्त कारागार प्रणालीमा भड्किएको हिंसाको यो सबैभन्दा घातक घटना हो।
नेपाल स्क्वास राकेट्स सङ्घले बुधबार १९औँ एसियाली खेलकुद (एसियाड) का लागि ६ खेलाडी चयन गरेको छ । एसियाली खेलकुदको कुम्भमेला १९औँ एसियाड सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनमा हुँदैछ ।
प्रेम अधिकारीपशुपतिनगर, असार ६ गते । चियाको बजार प्रर्वद्धनका लागि गुणस्तरीय उत्पादन मुख्य सर्त हो । त्यसका लागि चियाको बोटदेखि ओठसम्मका प्रक्रिया सुधार हुन आवश्यक छ। पछिल्लो समय भारतीय बजारको विकल्पमा पश्चिमा देशमा बजार खोज्दै गर्दा यहाँको अर्थोडक्स चियाको गुणस्तर सुधारको विकल्प नभएकोमा सरोकारवालाहरु बताउनुहुन्छ। परम्पगरागत तवरले नै उत्पादन हुँदै आएको चियाकोे समग्र क्षेत्रको सुधारका लागि राष्ट्रिय चिया तथा कफि विकास बोर्डले सञ्चालन गरिरहेको परियोजनामार्फत् भने कृषकले प्राविधिक रुपमा नै सक्षम हुने अवसर पाएको छ । अन्तराष्ट्रिय बजारमा नेपाली चियालाई विश्वासिलो बनाउन ट्रेडमार्क कर्यान्वयनमा ल्याएको बोर्डले ट्रेसाविलिटि सिस्टम कार्यान्वयन गरेको छ । यो सिस्टम लागु भएपछि विश्वका जुनसुुकै स्थानमा रहेको नेपाली चिया किन्न चाहने ग्राहकले मोवाइलमार्फत् चियाको प्याकेटमा रहेको क्यूआर कोड स्क्यान गरेर चिया उत्पादन क्षेत्र र त्यस सम्बन्धी विविध जानकारी प्राप्त गर्न सकिन्छ । बोर्डले चियाको गुणस्तर सुधारका लागि इलामका १५ वटा चिया कारखानामा सफ्टवेयर जडान गरेको छ । जुन सफ्टवेयरले चिया उत्पादकदेखि प्रयोगकर्तासम्मका सबै विवरण हेर्न सकिन्छ । तर, यसका लागि पनि गुणस्तरीय उत्पादन हुन आवश्यक छ । रासायनिक विषादीको प्रयोग बन्द गर्नुसँगै आवश्यक प्राविधिक पक्षलाई पनि उत्तिकै ध्यान दिइनु पर्छ । इलामका १५ हजार धेरै कृषकले चियामा खेपेको सबैभन्दा ठूूलो चुनौती भनेको चिया कटिङ हो । चैतदेखि कात्तिकसम्म चिया टिपाई भएपछि सबै वगानमा आवश्यक्ता अनुसारको कटाई गर्नुपर्छ । तर कृषकसँग चिया काँटछाँटका लागि आवश्यक ज्ञान छैन । अढाई वर्षअघि चिया तथा कफि विकास बोर्डले सुरु गरेको परियोजनाले भने काँटछाँटका लागि छुुट्टै अभियान चलाएको छ । लगातार दुई सिजन वोर्डले वगानसम्म नै पुुगेर कृषकलाई चिया कटिङका लागि दक्ष बनाउँदै छ । चिया रोप्नेदेखि काँटछाँट गर्ने र प्रशोधनका लागि दक्ष प्राविधिकको अभाव हुँदा कृषकले भने अनुसारको गुणस्तर कायम गर्न सक्दैनन् भने उत्पादनमा पनि समस्या आउने गरेको छ । यहाँका ठूला चिया कारखानामा भारतीय प्राविधिक ल्याएर प्रशोधनको काम गराइने गरिएको छ । तर, साना र मझौला कारखानामा स्थानीयले नै काम चलाउने गरेका छन् । प्राविधिक ज्ञानको अभावमा जिल्लाभरका कृषकले समस्या भोग्नुपरेको हो ।“दिगो वजारिकरणका लागि गुणस्तर सुधार गर्नका लागि कृषकलाई प्रविधि मैत्री बनाउन प्रयासरत छौं,” राष्ट्रिय चिया तथा कफि विकास वोर्डका कार्यकारी निर्देशक डाक्टर विष्णु भट्टराईले भन्नुभयोे, “यसकै लागि अहिले सञ्चालित नेपाल इन्किृज सस्टेनेभल टि एक्सपोर्ट परियोजनामार्फत् काम भइरहेको छ ।” उहाँले काँटछाँटसहित अर्गानिक मल उत्पादन गरेर चियालाई विषादी रहित बनाउन भकारो सुधारको कार्यक्रमसम्म सञ्चालनका क्रममा रहेको बताउनुभयो । चालु आर्थिक वर्षमा एक हजार तीन सय निवेदन परेकोमा सात सय किसानलाई भकारो सुधारमा सहयोग गरिएको छ । बाँकी किसानलाई आगामी आर्थिक वर्षमा समावेश गराइने बोर्डले जनाएको छ। निर्देशक डा. भट्टराईले भन्नुभयो, “इमान्दारीपुर्वक केहि शर्त पालना गर्न सके नेपाली चियाको बजारमा कुनै समस्या नै छैन ।”यसअघि कृषकको पक्षमा काम गर्न नसकेको आरोप खेप्दै आएको टि वोर्डले अहिले भने कृषकका समस्या हल गर्न र अन्तराष्ट्रिय बजार प्रर्वधनका लागि निरन्तर काम गरिरहेको दाबी गरेको छ । चिया रोप्नेदेखि प्रशोधन र प्याकेजिङसम्ममा अझै धेरै सुधारको आवश्यक्ता देखिन्छ । विश्व बजारमा गुणस्तरीय र विभिन्न भेराइटीमा चियाको माग छ । तर त्यसका लागि चाहिने आवश्यक जनशक्ति सहित प्राविधिक उपकरणको प्रयोग उत्तिकै महत्वपुर्ण विषय रहेको अर्गानिक चिया उत्पादन गर्दै आएको गोर्खा टि स्टेट इलामका सञ्चालक उदय चापाँगाईंले बताउनुभयो । उहाँले परियोजनाले किसान र उद्योगीलाई जोड्न सक्नुपर्ने बताउनुभयो । “समुह वा सहकारी मार्फत किसानलाई समाबेस गराउनु पर्छ”, चापाँगाईंले भन्नुभयो ।यस्तै, माटो परिक्षणदेखि प्रशोधन, टेष्टिङ र प्याकेजिङसम्म प्राविधिक सिपको विकासका लागि काम भइरहेको निर्देशक डा.भट्टराईको भनाइ छ । आवश्यक पर्ने प्राविधिक ज्ञान र सामग्रीको पहु“च कृषकस्तरसम्म पुुग्नसके आम्दानी बढाउन सहज हुने सूर्योदय १० का किसान कमल घिमिरेले बताउनुभयो । “कुन उचाईमा कुन प्रजातिको चिया रोप्ने, त्यसलाई चाहिने आवश्यक मलखाद, का“टछा“टको व्यवस्थापन जस्ता विषय कृषकले पत्तो नै पाएका छैनन्,” घिमिरेले थप्नुभयो, “परम्परागतरुपमा नै भइरहेकाले यसका लागि सुधारको प्रयास हुनु हाम्रा लागि खुशीको विषय हो ।”दश रोपनीदेखि सयौं रोपनीसम्म चिया रोपण गर्ने कृषकले चाहेजस्तो प्रविधि प्रयोग नगर्दा त्यसको प्रत्यक्ष असर गुणस्तरमा परेको छ । अहिले उत्पादन हुँदै आएको वार्षिक करिव ६० लाख किलो तयारी अर्थोडक्स चियामध्ये सबैभन्दा ठूलो बजार भारत नै हो । आन्तरिक खपत १० प्रतिशत र पश्चिमा बजारमा निर्यात हुने दश प्रतिशतबाहेक बा“की चिया भारतमा नै जान्छ । अहिले चिया टिप्नेदेखि काँटछाँट गर्नेसम्मका मेसिन भित्रिएका छन् । तर तीनको उपयोगमा कृषकको अनुभवबाहेक अन्य सहयोग हुन सकेको छैन । होट्पा, हिमटेक्स, व्यवसायिक कृषि तथा बजार आयोजना सिए, उन्नती समावेशी वृद्धि कार्यक्रमलगायत विभिन्न संघसंस्थाले चियाको प्रविधि विकासमा लगानी नगरेका भने होइनन् । विभिन्न भेराइटीमा उत्पादन हुने अर्थोडक्स चियालाई फरक दक्षता र मेशनरी सामग्रीको आवश्यकता पर्छ । बजारको माग अनुसार भेराइटी निकाल्नु पर्ने कारखानाका लागि प्रविधि र प्राविधकको व्यवस्था गर्नु चुनौती बन्दै छ । बोर्डले परियोजना रहुन्जेलसम्म मात्र नभएर निरन्तर प्रविधिमैत्री ढङ्गले चियाको गुणस्तर सुधारका लागि पहल गर्ने हो भने अहिले वार्षिक चार अर्ब हाराहारी विदेशी मुद्रा भित्रिदै आएको अवस्थामा ठूलो सुधार गर्न सकिनेमा आशावादी बन्न सकिने सरोकारवालाहरु बताउँछन् ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। परिसूचक १४ दशमलव ०५ अङ्कले घटेर दुई हजार ५० दशमलव ७८ को बिन्दुमा कायम भएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेतले नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र पुगेर देशभरि विद्युत आपूर्तिको अवस्था बारेमा निरीक्षण तथा अनुगमन गर्नुभएको छ।