नेपाल आयल निगमले हवाई इन्धनको भाउ घटाएसँगै हवाई यात्राको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आज हवाई यात्राको भाडा घटाएको हो ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बुधबार दिउँसो सिंहदरबारस्थित रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग राजदूत भोल्कले शिष्टाचार भेटवार्ता गर्नुभएको हो।
भोजपुरको षडानन्द नगरपालिकाकी उपप्रमुख प्रमिला राई दुई दिनदेखि जिल्ला अस्पताल धनकुटामा हुनुहुन्छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले लगानी कोषलाई पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार चुक्ता पुँजी कायम गर्न स्वीकृति प्रदान गरेको बताउनुभयो।
राष्ट्रिय योजना आयोगलाई अर्थविद् तथा अन्य विज्ञहरूले आर्थिक वृद्धिको धेरै महत्वाकांक्षी लक्ष्य राख्न नहुने सुझाव दिएका छन् ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल योगको उदगमस्थल भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित प्रवचन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले योगको पुनरजागरण नेपालबाटै सुरु भएको बताउनुभयो ।
मनसुनजन्य विपद्बाट पूर्वी पहाडका ताप्लेजुङ, पाँचथर र संखुवासभा लगायत जिल्लामा भएको क्षतिको अवस्था,तत्काल गर्नुपर्ने काम तथा सरकारका प्राथमिकताबारे उप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले सरोकारवालासँग छलफल गर्नुभएको छ।
यही असार १ गतेको मेलम्ची बाढीले बगाएको मेलम्ची पुलमा अहिले बेलिब्रिज जडान थालिएको छ । नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडानको काम अघि बढेपछि मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, इन्द्रावती गाउँपालिकाका स्थानीय हर्षित भएका छन् ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बजेट संशोधन हुँदैमा सरकार ढल्नेकुरा कानुनमा कतै नलेखिएको बताउनुभएको छ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा पहिरोमा परी मृत्यु हुनुभएका झापा अर्जुनधारा ६ का बाबु छोराको शव बुधबार झापा ल्याइएको छ।
संविधानमा मौलिक हकका रुपमा व्यवस्था गरिएका रोजगारी, खाद्य सुरक्षा र आवासलगायत हक कार्यान्वयनक लागि कानुन नबन्दा कार्यान्वयनमा समस्या आएकाले छिटो आवश्यक कानुन बनाउन सांसदले माग गर्नुभएको छ।
नेपाली कांग्रेस बझाङका पूर्व सभापति एवम् सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएकोप्रति शोक व्यक्त गरिएको छ।
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको जनाएको छ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का ओमानमा हुने आठौँ एमआरएन मिडल इस्ट रिजनल कन्फेन्स (एमआरसी) मा भाग लिन जानु हुने भएको छ । एमआरसीको सम्मेलन यही असार २८ देखि ३० गतेसम्म ओमानमा हुँदैछ ।
जिल्ला प्रहरी कार्यालय दोलखा र हुराडेक नेपालको संयुक्त आयोजनामा भएको एक दिवसीय बालबालिका तथा महिला हिंसाविरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।