काठमाडौंबाट गाईघाटतर्फ जाँदै गरेको कार सिन्धुलीमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
अमरनाथ कुर्मीको घरमा यो वर्ष कालानमक चामलको भात पाकेको छैन । पाकोस् पनि कसरी रु मर्चवारी–६ स्थित उहाँको खेतमा अघिल्लो वर्षदेखि कालानमक रोपिएकै छैन । उहाँले भन्नुभयो, “कुनै समय साँझ–बिहान कालानमक चामलको भात खाने हाम्रा लागि अब त त्यो चामल बिरानो बन्न थाल्यो ।”
नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा विमानस्थल बीआरआई परियोजनाअन्तर्गत भएको बताउनुभएको छ । बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँर्दै उहाँले यस्तो बताउनुभएको हो ।
सरकारले नसर्ने रोगहरूको जोखिम र मानसिक तनाव कम गर्न योग गर्न आग्रह गरेको छ ।
बाँके जिल्लाका आठ वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । यसअघि सात वटा पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको थियो ।
“इनार खन्यो पानी आउँदैन । बोरिङ खन्ने पैसा छैन । दुई सातामा एक दिन मात्रै धारामा अलिकति पानी आउँछ । खानेपानीको हाहाकार छ । अरू स्रोत छैन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र चीनबीचको सम्बन्ध सगरमाथा जस्तै अग्लो रहेको बताउनुभएको छ ।
ग्रामीण विकास केन्द्र नेपालले तातो हावा तथा 'लू' बाट बच्न विद्यार्थी तथा ठेलावालालाई राहत सामग्री वितरण गरेको छ ।
दुई महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आज बिहानदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगले सिमेन्टका साथै सिमेन्ट बनाउन प्रयोग हुने ‘क्लिङ्कर’को उत्पादन पनि सुरु गरेको जनाएको छ ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग, ध्यान र व्यायामले मानिसको मन सफा, शरीर स्वस्थ र निरोगी बनाई स्वस्थ जीवनयापनमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको छ । आव २०७४/७५ पछि उद्योगले निरन्तर घाटा व्यहोर्दै आएको हो ।
महोत्तरीको रामनगरस्थित एभरेष्ट चिनी मिलले यो वर्ष खरिद गरेका उखुको वृद्धि रकम भुक्तानी गरेको छ । मिलले प्रति क्विन्टल वृद्धि रकम २० रुपियाँको दरले पाँच करोड २६ लाख १४ हजार नौ सय ४० रुपियाँ किसानको खातामा जम्मा गरेको एभरेष्ट चिनी मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी उपचारका क्रममा निधन भएकामा शोक प्रस्ताव पारित गर्दै प्रतिनिधि सभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबै सम्बन्धित पक्षहरूले जागरूकता देखाउनुपर्ने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री कमलबहादुर शाह र सभामुख भीमबहादुर भण्डारीले जिप दुर्घटनामा परेर निधन भएका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको छ ।