असार २ गते परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी पाँचथरमा विस्थापित हुनेको सङ्ख्या ४४७ पुगेको छ ।
बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ गुल्मीको अध्यक्षमा राजकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । मङ्गलबार बौद्धिक अपाङ्ग पुनः स्थापना केन्द्रको सभा हल तम्घासमा भएको बौद्धिक अपाङ्गताका अभिभावक सङ्घ जिल्ला कार्य समितिको छैटौँ अधिवेशन तथा दसौँ साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जिप काठेखोला गाउँपालिका –५ ठुलढुङ्गामा दुर्घटना भएको हो ।
सिन्धुली जिल्लाका स्थानीय तहहरू आगामी आर्थिक वर्ष ०८०/०८१ का लागि योजना छनोटमा जुटेका छन् । जिल्लाका नौ वटा स्थानीय तहमध्ये मरिण गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट मङ्गलबार नै सार्वजनिक गरी सकेको छ ।
नेपाली समालोचनामा सङ्कलन सम्पादनको परम्परा साझा समालोचना (२०२५) देखि प्रारम्भ भएको हो । कृष्णचन्द्रसिंह प्रधानद्वारा सङ्कलित–सम्पादित साझा समालोचनापछिका करिब साढे पाँच दशकमा यस किसिमका समालोचना
पछिल्लो समय योग सिक्ने र यसको साधना गर्नेको सङ्ख्या बढेको छ । आचार्य बालकृष्णको गृह जिल्ला भएर पनि यहाँ योगको प्रभाव राम्रो देखिन्छ ।
मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई समृद्ध बनाउन महिलालाई सक्षम र योग्य बनाउन आवश्यक रहेको बताउनुभएको छ ।
वन्यजन्तुविद्का रूपमा प्राध्यापक डा. मुकेशकुमार चालिसे एक विख्यात नाम हो । उनको साहित्यकार व्यक्तित्वले उनकै वन्यजन्तुविद् व्यक्तित्वलाई नजिक नजिकबाटै पछ्याइरहेको छनक पाइन्छ–उनका साहित्यिक सिर्जनामा घोत्लिँदा । चालिसे वन्यजन्तुसम्बन्धी अनुसन्धाताका रूपमा मात्र होइन, नेपाली साहित्यको श्रीवृद्धिका लागि पनि निरन्तर साधनामय छन् । कुनै बखत उनले विभिन्न साहित्यिक तथा समाचारमूलक पत्रपत्रिकाका सम्पादकका रूपमा पनि का
नेपालको नक्सासँग नक्सा मिल्ने भएकाले बागलुङ नगरपालिकालाई नेपालभित्रको नेपाल भनेर चिनिन्छ। गण्डकी प्रदेशको बागलुङ जिल्लामा यो नगरपालिका रहेको छ। बागलुङ जिल्लामा एक हजारभन्दा बढी झोलुङ्गे पुल छन्। बागलुङ नगरपालिकामा ५६७ मिटर लामो झोलुङ्गे पुल रहेको छ। नेपालको एक मात्र सिकार आरक्षण ढोरपाटनको प्रवेशद्वारमा रहेको नगरपालिकामा करिब एक लाख २५ हजार जनसङ्ख्या छ। बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठसँग गोरखापत्रका रमेश पौडेलले गर्नुभएको कुराकानी :
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्वास्थ्य बिमा बोर्डमार्फत स्वास्थ्य बिमा गरेका बिरामीलाई बेनी अस्पतालमा दोस्रो दर्जाको व्यवहार गर्ने गरेको आरोप लगाउनुभएको छ। नगरपालिकाले आयोजना गरेको आव २०८०/८१ को नीति योजना तथा कार्यक्रमका लागि सुझाव सङ्कलन तथा चालु आर्थिक वर्षको अन्तिम चौमासिकसम्म भएका विकास निर्माण तथा सेवा प्रवाह विषयक सार्वजनिक सुनुवाइका क्रममा केसीले उक्त गुनासो गर्नुभएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संसारभरका मानिसका लागि योगाभ्यास गर्ने एउटा सुन्दर भूमि रहेको बताउनुभएको छ । बुधबार अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समिति शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो ।
अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर बुद्ध जन्मस्थल लुम्बिनीमा मङ्गलबार शान्ति र सद्भावका लागि योग अभ्यास गरिएको छ। योग अभ्यासको एक समारोहबिच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र भारतीय राजदूत नवीन श्रीवास्तवको उपस्थितिमा लुम्बिनीमा शान्ति र सद्भावका लागि योग दिवस मनाइएको हो। लुम्बिनी विकास कोष, भारतीय राजदूतावास र पतञ्जली नेपालको आयोजनामा लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय योग दिवस २०२३ लाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सम्बोधन गर्नुभयो।
रुपन्देहीमा विगत एक महिनादेखि बढेको गर्मीले जनजीवन नराम्रोसँग प्रभावित भएको छ। त्यसमाथि लो भोल्टेज र छिनैभरमा आउने र जाने (विद्युत् ट्रिपिङ) समस्याले स्थानीयले ठुलो सास्ती भोग्नु परेको छ। एकातिर असारको चर्को र उखरमाउलो गर्मी र अर्कातिर विद्युत्को अनियमितताले पङ्खासमेत नचल्दा ठुलो समस्या परेको स्थानीय बासिन्दाले बताएका छन्। लो भोल्टेजका कारण अहिले पङ्खा नचल्ने मात्र होइन, फ्रिजसमेत चलाउन समस्या परेको छ। पानी तान्ने मोटर लो भोल्टेजकै कारण बिग्रिएको बुटवलका स्थानीयको गुनासो छ। पछिल्लो समय बुटवलमा लो भोल्टेजको समस्या बढ्दै गएको छ।