केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताउनुभयो ।
दुई यातायात संस्थाबीचको विवादले दोलखामा यात्रुवाहक साधन सञ्चालनमा अवरोध भएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।
कतार र संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो कूटनीतिक प्रतिनिधित्व पुनःस्थापित गर्ने घोषणा गरेका छन् । कतारको अबुधाबीस्थित दूतावास र दुबईस्थित माहावाणिज्य दूतावास र युएईको दोहास्थित दूतावास सोमबारदेखि खुल्ने छन् ।
राष्ट्रियसभा अन्तर्गतको दीगो विकास तथा सुशासन समितिले कालीमाटी तरकारी बजारमा आइतबार सडकमा गोलभेँडा फालेको घटना छानविन गरी प्रतिवेदन दिन सरकारलाई निर्देशन दिएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवादको नेपाली बाटो तय गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा नेपालको घोषणा प्रक्रिया सुरु भएको छ ।
जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट खेल अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले मंगलबार अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
जलस्रोत तथा सिँचाई विभागका तत्कालीन महानिर्देशक मधुकर प्रसाद राजभण्डारीविरुद्ध तीन करोड ५६ लाख ७७ हजार ३४६ रुपियाँ भ्रष्टाचार आरोप लागेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (सोमबार) सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक दुई दशमलव ९४ अङ्कले घटेर दुई हजार ९१ दशमलव ३९ अङ्कमा कायम भएको हो ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको नेटवर्क (एआइएन) ले परियोजना स्वीकृतिलाई सहज बनाउन आग्रह गरेको छ ।
भौगोलिक रूपमा विकट रहेको सर्लाहीको हरिवन नगरपालिका–१, कोठी खोलामा खानेपानी पुगेपछि स्थानीय खुसी भएका छन् ।
ललितपुर महानगरले पर्यटकलाई लक्षित गरी विद्युतीय बस (सटर बस) सञ्चालन गर्ने भएको छ । महानगर र साझा यातायात सहकारी संस्थाबीच विद्युतीय बस सञ्चालन गर्नका लागि सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले २०८३ सालभित्र काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सम्पन्न गर्ने बताउनुभएको छ ।
झापामा एक जना कैदीबन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका –६ निवासी २८ वर्षीय ‘दीपेन्द्र’ भन्ने देवेन्द्र थापा रहेको झापा जिल्ला कारागार भद्रपुरले जनाएको छ ।
युइएफए नेसन्स लिग फुटबलको उपाधि स्पेनले जितेको छ । जर्मनीमा आइतबार राति भएको फाइनल खेलमा क्रोएसियालाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै स्पेन च्याम्पियन बनेको हो ।
पाँचथर फालेलुङ गाउँपालिका –४ कि कोपिला लिम्बूको १४ वर्षकै उमेरमा प्रेम विवाह भयो । विवाह भएको सात महिना नपुग्दै उहाँलाई सुत्केरी व्यथा लाग्यो । महिना नपुगी जन्मेको बच्चाको तौल ९ सय ग्राम मात्र थियो । जन्मेको १२ घण्टा नबित्दै पाँचथर अस्पतालमा शिशुको ज्यान गयो ।