प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोलीले बाढी प्रभावित क्षेत्रहरूको अनुगमन गर्नुहुने भएको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोलीले सङ्खुवासभा र ताप्लेजुङको बाढी प्रभावित क्षेत्रको सोमबार अनुगमन गर्न लाग्नुभएको हो ।
उपत्यकाका विभिन्न ठाउँको सेफ्टी ट्याङ्की सफा गरी जम्मा गरेको दिसाजन्य फोहोर महानगरको च्यासलस्थित मनोहरा खोलामा फाल्ने दुईवटा कन्टेनरलाई ललितपुर महानगरपालिकाले एक लाख जरिवाना गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्नुभएको छ । सोमबार बिहान निरीक्षणका क्रममा मन्त्री डा. महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिनुभएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपालस्थित भारतीय दूतावासद्वारा प्रकाशित दुई पुस्तक विमोचन गर्नुभयो ।
गुल्मीको एक स्थानीय तहले आफ्ना महिला जनप्रतिनिधिलाई उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिम दिएको छ । जिल्लाको गुल्मी दरबार गाउँपालिकाले आफ्ना महिला जनप्रतिनिधिलाई तीन दिनसम्म सो तालिम दिने भएको हो ।
अविरल वर्षाका कारण खोलामा आएको बाढीपहिरो जोखिमका कारण जिल्लाको याङवरक–१ फेदिमा फसेका १२ जनाको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने छ ।
जिल्लाको हेँवा खोलामा शनिबार राती आएको बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता भएका छन् ।
सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको बोलेरो जिप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भएको छ । चट्टानी भीरको उकालो सडकमा अगाडि बढ्न नसकेर ब्याक भएपछि जिप नदीमा खसेको हो ।
कोशी प्रदेश नामकरण खारेजीको माग राख्दै आन्दोलनमा सहभागी पहिचान पक्षधर समूह र कोशी प्रदेश सरकारबिच वार्ता सुरु भएको छ ।
वनमा आगो लगाएमा राम्रो घाँस पलाउँछ भन्ने गलत मान्यताका कारण बैतडीका २० वटा सामुदायिक वनको करिब तीन सय हेक्टर वन क्षेत्रको सम्पदा जलेर खरानी भएको छ। डढेलो नियन्त्रण गर्न डिभिजन वन कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि सामुदायिक वनमा आगलागी नियन्त्रण हुन नसकेको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताउनुभयो।
हरेक वर्ष बाढी, डुबान, पहिरो जस्ता प्राकृतिक विपत् झेल्दै आएको कैलालीमा अझै पनि विपत् प्रतिकार्य योजना बन्न सकेको छैन। यस वर्षको मनसुनका बेला हुन सक्ने सम्भावित जोखिमबाट जोगिन र खोज, उद्धार, व्यवस्थापनका लागि विपत् प्रतिकार्य नबनाइएको हो। जिल्ला विपत् प्रतिकार्य योजनाका आधारमा खोज, उद्धार र प्रतिकार्यको काम हुने गर्दछ।
भित्री मधेशको चुरे क्षेत्रमा वर्षा नभएको दुई महिना भयो। चैत महिनाको तेस्रो सातापछि हालसम्म वर्षा भएको छैन। वर्षा नहुँदा चुरेका खोलानाला सबै सुक्न थालेका छन्। चुरे क्षेत्रमा बसोवास भएका आलिताल गाउँपालिका–६ र ७ नम्बर वडाका दर्जन बढी गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ। खोलानालासमेत सुक्दा रोपाइँ गर्ने समयमा खेत बाँझै छन्। सिँचाइको व्यवस्था भएका गाउँमा रोपाइँ गर्न राखिएको धानको बेर्नासमेत सुक्न थालेका छन्। खोलामा नै पानी सुक्न थालेपछि सिँचाइ सुविधा भएका गाउँमासमेत बेर्ना सुक्न थालेका हुन्।