• १२ पुस २०८१, शुक्रबार

कर्णाली नदीमा जिप खस्दा चालकको मृत्यु

blog

च्याछराको भीरमा रहेको सडक । तस्बिर: फाइल फोटो

राजन रावत

हुम्ला, असार ४ गते । सिमकोटबाट हिल्सातर्फ जाँदैगरेको बोलेरो जिप कर्णाली नदीमा खस्दा चालकको मृत्यु भएको छ । चट्टानी भीरको उकालो सडकमा अगाडि बढ्न नसकेर ब्याक भएपछि जिप नदीमा खसेको हो । 

प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईकाअनुसार सोमबार बिहान ७ः३० बजे च्याछरामा बोलेरो जिप दुर्घटना हुँदा शान्तिपुर –२ धनुषा जनकपुरका ३० वर्षीय राजेश हेन्जन तामाङकाे घटना स्थलमै मृत्यु भएको हाे । कर्णाली प्रदेश ३०१०२२ च ५१२६ नम्बरको जिप नदीमा खसेको थियो ।

नदीमा खस्दै गरेको जिपबाट चालकले हाम फालेको भए पनि जिपले लछारेर लगेपछि तामाङ घाइते हुनुभएको थियो । चालकलाई प्रहरीले उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउने तयारी गरिरहेको अवस्थामा उहाँको मृत्यु भएको थियो ।

उकालो भीरमा गाडी चढ्न नसक्ने अवस्था भएपछि चालक तामाङले जिपमा सवार बाह्र जना यात्रुलाई बाटैमा झारेर गाडी चलाउनु भएको प्रहरी नायव उपरीक्षक भट्टराईले बताउनुभयो ।