कपिलवस्तुको विजयनगर गाउँपालिकाले पन्छीपालक कृषकलाई प्रोत्साहन गरेको छ । पालिकाले नवप्रवर्तन साझेदारी कोषमार्फत कृषकलाई चल्ला, दाना र भाँडा वितरण गरिएको छ ।
काठमाडौं, असार ३ गते। नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफ्नो राजनीतिक योगदान नेकपा (एमाले)मा रहेकाले सोही पार्टीमा रहने इच्छा व्यक्त गर्नुभएको छ। ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज भएको भेटमा सांसद गौतमले आफूलाई एमालेमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष केपी ओलीसँग आग्रह गरेको प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिनुभयो। भेटमा गौतमले आफूलाई पार्टीमा काम गर्ने जिम्मेवारी दिन अध्यक्ष ओलीसँग आग्रह गरेको जानकारी पनि विष्टले दिनुभयो। एमालेले ७० वर्ष उमेर हद हटाएपछि राष्ट्रिय सभाका सदस्य गौतम पूर्व प्रधानमन्त्री ओलीलाई भेट्न पार्टी केन्द्रीय कार्यालयमा पुग्नुभएको थियो। रासस
नेपाल ट्रेड युनियन कांग्रेसको सातौं राष्ट्रिय महाधिवेशन असार ४ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ।
काठमाडौं,असार ३ गते। संगीतकार दीपक शर्मा खुमलटारस्थित मन्जुश्री वृद्धाश्रमका आमालाई सहयोग गर्नुभएको छ।संगीतकार शर्माले आफ्नो नियमित आम्दानीबाट केही रकम यसरी नै खर्चिदै आउनुभएको छ। उहाँले वृद्धाश्रममा पुगेर एक दिन त्यहाँ आश्रृत आमालाई खाना खुवाउनुभएको हो। उहाँले आगामी दिनमा फाउन्डेसन नै खोलेर विभिन्न विपन्न व्यक्ती र समाजमा सहयोग गर्ने सोच राखेको बताउनुभयो। नेपाली संगीत क्षेत्रमा व्यस्त संगीतकार शर्माको पछिल्लो समयमा चलचित्र छक्कापन्जाको गीत दर्शन सलामले राम्रो चर्चा पाइरहेको छ। त्यस्तै उँहाका पहिलो नम्बरमा, पर्ख पर्ख मायालु, पिरिम नलाउनेलगायका दर्जन बढी गीत करोड क्लबमा छन्।
सरकारले गर्भमा लिंगको पहिचान नगर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।गर्भमा लिंगको पहिचान गरेर वा गराए एक वर्षसम्म कैद हुने मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई विधानअनुसार महाधिवेशन गर्न आग्रह गर्नुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हिन्दी चलचित्र ‘आदिपुरुष’मा उल्लेखित केही शब्दावलीका विषयमा ध्यानाकर्षण भएको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार दादुराको प्रकोप हालसम्म १७ जिल्लामा फैलिसकेको छ।
प्रणालीमा आएको खराबीका कारण मुलुकको केही स्थानमा बिजुली आप्रवाहमा समस्या आएको भए पनि अथक मेहनतका कारण हाल ती सबै समस्या समाधान भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
नेपाली कांग्रेसले बाढीपहिरो प्रभावितको खोज, उद्धार र राहतमा जुट्न आग्रह गरेको छ।
काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ।
एसकेसी नेपाल र बलर्स एकेडेमीले दोश्रो ऋत कप एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।
अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारले ४० लाखसम्म लिएको पाइएको छ।
पाँचथरको फालेलुङमा पहिरोले घर पुर्दा घाइते हुनुभएकी पाँचथर फालेलुङ ३ की जुना सावदेनको मृत्यु भएको छ।
ताप्लेजुङमा दर्जनौ बस्ती बाढी र पहिरोको जोखिममा परेका छन्। निरन्तरको वर्षासँगै विभिन्न क्षेत्रमा पहिरो र खोला नदीमा बाढी जान थालेपछि बस्ती जोखिममा परेका हुन्।