• ३ पुस २०८२, बिहिबार

संगीतकार शर्माद्वारा वृद्धाश्रममा सहयोग

blog

मन्जुश्री वृद्धाश्रमका आमालाई खाना खुवाउनुहुँदै संगीतकार दीपक शर्मा ।

काठमाडौं,असार ३ गते। संगीतकार दीपक शर्मा खुमलटारस्थित मन्जुश्री वृद्धाश्रमका आमालाई सहयोग गर्नुभएको छ।

संगीतकार शर्माले आफ्नो नियमित आम्दानीबाट केही रकम यसरी नै खर्चिदै आउनुभएको छ। उहाँले वृद्धाश्रममा पुगेर एक दिन त्यहाँ आश्रृत आमालाई खाना खुवाउनुभएको हो। उहाँले आगामी दिनमा फाउन्डेसन नै खोलेर विभिन्न विपन्न व्यक्ती र समाजमा सहयोग गर्ने सोच राखेको बताउनुभयो।  

नेपाली संगीत क्षेत्रमा व्यस्त संगीतकार शर्माको पछिल्लो समयमा चलचित्र छक्कापन्जाको गीत दर्शन सलामले राम्रो चर्चा पाइरहेको छ। त्यस्तै उँहाका पहिलो नम्बरमा, पर्ख पर्ख मायालु, पिरिम नलाउनेलगायका दर्जन बढी गीत करोड क्लबमा छन्।