एन्टिवायोटिक औषधिको जथाभावी प्रयोग बढिरहेका बेला सञ्चार माध्यमलाई त्यसको अनावश्यक रोकमा सहयोग गर्न सरोकारवालाहरुले आग्रह गरेका छन् ।
सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशको आयोजना र जिल्ला सहकारी संघ लिमिटेड म्याग्दीको समन्वयमा बेनीमा सहकारी लेखा व्यवस्थापन तालिम आइतबारबाट सुरु भएको छ ।
४२ डिग्री तापक्रमबाट गुज्रिरहेको नेपालगञ्जमा बिद्युत अनियमित हुँदा स्थानीयहरु मर्कामा परेकोभन्दै विद्युत नियमित गर्न माग गर्दै कार्यालय घेराउ गरेका छन् । अनियमित बिद्युत सेवाबिरुद्ध नागरिकले आइतबार नेपाल बिद्युत प्राधिकरणको नेपालगञ्ज बितरण केन्द्र घेराउ गरेका हुन् ।
काठमाडौं, असार ३ गते। मेची राजमार्गको हेवाखोलामा बेलिब्रिज राखिने भएको छ। गए रातिदेखिको अविरल वर्षा र बाढीले आइतबार बिहान पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा त्यहाँ बेलिब्रिज पठाउन लागिएको हो।प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले खोज तथा उद्धारका लागि सम्बन्धित निकायको जिम्मेवारी तथा उपकरणको विवरण तय भइसकेको र बेलिब्रिज पठाउन लागिएको जानकारी दिनुभयो। हेवा खोलामा सडक विभागको इटहरीस्थित कार्यालयबाट बेलिब्रिज पठाउन लागिएको गृहमन्त्रालयले जनाएको छ। विभागका महानिर्देशक सुशीलबाबु ढकालले प्राविधिक टोलीसहित आइतबार बेलिबिज्र पठाउने तयारी भइरहेको जानकारी दिनुभयो। बाढीले पुल बगाएपछि मेची राजमार्गको पाँचथर–तापलेजुङ सडकखण्ड पूर्णरूपमा अवरुद्ध छ।
किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एन्ड रिक्रिएसन कम्प्लेक्समा आइतबार भएको खेलमा नेपाल मङ्गोलियासँग ३–१ को सेटमा पराजित भएको हो ।
आइसिसी एकदिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा नेपाल घरेलु टोली जिम्बावेलाई जितका लागि दुई सय ९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
सांसद ठाकुरप्रसाद गैरेले भारतले कपिलवस्तु र लुम्बिनीलाई आफ्नो सदनमा नक्साङ्कन गरी अत्यन्तै गलत काम गरेको टिप्पणी गर्नुभएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्राले यो साता कारोबारको पहिलो दिन पनि निरन्तरता पाएको छ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले किसानले उत्पादन गरेका गोलभेंडा लगायतका कृषि उत्पादनको उचित मूल्यको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उहाँले सो माग गर्नुभएको हो ।
कुशल र आशिफले ३१.५ ओभरमा एक सय ७१ रनको सानदार साझेदारी गर्दै एकदिवसीयमा नेपालको उच्च साझेदारी रन बनाउनुभएको हो ।
ताप्लेजुङका अधिकांश सडक सञ्जाल अवरुद्ध भएका छन्। निरन्तरको वर्षासँगै ठाउँ–ठाउँमा गएको बाढीपहिरोले सडक र मोटरेवल पुलमा क्षति पुर् याएपछि सडक अर्थात यातायात अवरुद्ध बनेका हुन्।
नेपालगञ्जमा तापक्रम बढेर करिब ४३ डिग्री पुगेको छ । तापक्रम बढेर ‘लु’ चल्ने क्रम बढ्दै गएपछि बाँकेको जनजीवन अस्तव्यस्त बनेको छ ।
नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घ बाँकेले गोरखापत्रका नेपालगञ्ज समाचारदाता सिराज खानसहित चार जनालाई सम्मान गरेको छ।
‘चापाकलमा पानी आउन छाडेको दुई साता भयो । खानेपानी वितरणको धारा केहीबेर मात्र आउँछ । भुइँतलासम्म पानी आउँछ । करिव आधा घण्टामै बन्द हुन्छ । केही वर्ष भयो सुक्खायाममा यस्तै हुन्छ ।’ कपिलवस्तु बुद्धभूमि –२ गोरुसिङ्गेका सुरज न्यौपानेले दुखेसो पोख्नुभयो ।
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको चकवाल जिल्लामा शनिबार यात्रु बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।