• ५ जेठ २०८१, शनिबार

राष्ट्रिय स्वार्थ र कूटनीतिलाई ध्यान दिन सांसद पन्तको आग्रह

blog

नेकपा (एमाले) का सांसद रघुजी पन्त । फाइल तस्बिर

काठमाडौं, असार ४ गते । नेकपा (एमाले) का सांसद रघुजी पन्तले आफ्नो राष्ट्रिय स्वार्थ र कूटनीतिलाई ध्यान दिएर परराष्ट्र नीति सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभा आजको बैठकमा परराष्ट्र मन्त्रालय लगायतका विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद पन्तले सार्वभौम समानता र राष्ट्रिय स्वाधीनतामा आधारित रहेको नेपालको गौरवमय इतिहास र पञ्चशीलको परराष्ट्र नीति भएको मुलुकको छविलाई अन्तर्राष्ट्रियस्तरमा कायम राख्न आग्रह गर्नुभयो 

एमाले नेता समेत रहनुभएका सांसद पन्तले नेपालको राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर विश्व समुदायमा बोल्न पछि पर्न नहुनेमा जोड दिँदै विदेशस्थित नेपालका कूटनीतिक नियोगलाई पुनरावलोकन गरी प्रभावकारी रूपमा सञ्चालन गर्न माग गर्नुभयो । रासस