महाबु गाउँपालिका –३, बासीस्थित भगवती आधारभूत विद्यालयको चारकोठे भवन एक वर्षदेखि अलपत्र छ। ठेकेदारले आधा काम गरी १६ लाख रकम लिएर भागेपछि विद्यालय भवन निर्माण अलपत्र परेको हो।
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले मानव संसारलाई ज्योति प्रदान गर्ने आँखाको स्वास्थ्य उपचार सेवालाई दिगो एवं प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनुभएको छ। कर्णाली प्रदेशस्तरीय आँखा स्वास्थ्य कार्यशाला गोष्ठीको वीरेन्द्रनगरमा समापनमा उहाँले सो आवश्यकता आैँल्याउनुभएको हो। मन्त्री पोखरेलले सीमित साधन स्रोतलाई परिचालनमा ल्याएर सबै स्थानीय तहमा आँखा उपचार सेवा प्रवाह गर्ने नीति अख्तियार गर्ने उल्लेख बताउनुभयो।
दुहुँ गाउँपालिकाले एउटै विद्यालयमा पाँच वर्ष शिक्षण गरेका शिक्षकलाई सरुवा गर्ने तयारी गरेको छ । अन्तरविद्यालय सरुवाका लागि गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा निवेदन दिन शिक्षकहरूलाई सूचित गरेको छ । सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको समयानुसार अनिवार्य सरुवा नहुँदा त्यसको असर विद्यार्थीको सिकाइमा परेकाले एउटै विद्यालयमा लामो समयसम्म पठनपाठन गराउँदा शिक्षकमा आलस्यसमेत बढेको पाइएकाले गाउँपालिकाले सो निर्णय गरेको जनाएको छ ।
सुदूरपश्चिम प्रदेशको गौरवको आयोजना उग्रतारा– मेलौली सडकअन्तर्गत थप १० किलोमिटर सडक कालोपत्रे सुरु भएको छ । डडेलधुराको उग्रतारा मन्दिरको फेददेखि बैतडीको पञ्चेश्वर गाउँपालिका जोड्ने राजमार्ग निर्माण सुरु भएको तीन दशकपछि थप १० किलोमिटर कालोपत्रे हुन थालेको हो । सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय डडेलधुराको करिब २३ करोड रुपियाँ लागतमा कालोपत्रे हुन थालेको हो । पूर्वाधार विकास कार्यालय प्रमुख नवराज रावलले अजयमेरु गाउँपालिकाको–१, बयलडाँडादेखि–२, चमडासम्म कालोपत्रे गर्ने कार्य सुरु भएको बताउनुभयो ।
जिन्दगी यस्तै त हो कान्छा उमेर चढ्दै गएपछि
बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा क्यान्सरको उपचारका लागि सबैभन्दा महìवपूर्ण मानिने लिन्याक मेसिन जडानको कार्य सुरु गरिएको छ। लिन्याक मेसिन विकिरणका माध्यमबाट सेकाइ गरेर उपचार गर्ने मेसिन हो। सो मेसिन जडान भएर सञ्चालनमा आएपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमै रेडियसनका माध्यमबाट क्यान्सरको उपचार गर्ने यो अस्पताल एक मात्र र पहिलो अस्पताल बन्ने अस्पतालका कार्यकारी निर्देशक डा. नीरज भट्टराईले दाबी गर्नुभयो।
केही वर्ष पहिलेसम्म पुराना र जीर्ण विद्यालयमा थोरै विद्यार्थी र केही मात्र शिक्षकको उपस्थितिमा जेनतेन पठनपाठन हुने गरेको बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा अहिले डिजिटल बोर्डबाट पठनपाठन सुरु गरिएको छ। शिक्षाको क्षेत्रमा जिल्लामै सर्वाधिक पछाडि परेको नरैनापुर गाउँपालिकाका सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन डिजिटल बोर्ड (स्मार्ट बोर्ड) जडान गरेर पढाइ सुरु गरिएको गाउँपालिकाले जनाएको छ।
रुपन्देहीको बुटवलमा पशु वधशाला निर्माण कार्य सम्पन्न भएको छ। करिब २५ वर्षदेखि वधशालाको निर्माणको प्रयास भइरहेको थियो। वधशाला नहुँदा यहाँका उपभोक्ताले सडकपेटी, मुख्य बजार स्थानमा खुला र सामान्य मापदण्ड मात्र पूरा गरेका पसलबाट मासु उपभोग गरिरहेका थिए। अब वधशाला सञ्चालनको तयारी भएसँगै उपभोक्ताले स्वच्छ मासु खान पाउने भएका छन्।
बागलुङ काठेखोला गाउँपालिका–६ का दिलबहादुर परियारले कपडा सिलाउने र चोयाका सामग्री निर्माण तथा बिक्रीबाट परिवार पाल्नुभयो। उहाँ गाउँका वनपाखामा पाइने निगालो तथा बाँसबाट चोया काटेर त्यसबाट घरेलु प्रयोगका सामग्री डोका, नाम्ला, थुन्से बिक्री गर्नुहुन्थ्यो। चोयाका सामग्री बिक्रीबाट आउने पैसाले परिवार जसोतसो चलेकै थियो। उहाँको जीवन धान्न सहयोग पुगेको परम्परागत सीप युवा पुस्ताले सिकेनन्।
पदभार ग्रहणलगत्तै बसेको तीन मन्त्रीपरिषद् बैठकले यातायात व्यवस्था कार्यालयबाट हुने सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले सवारीचालक अनुमतिपत्र वितरण प्रक्रिया छिटो गराउन आवश्यक सुधार सम्बन्धमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिनभित्र पेस गर्न कार्यदलसमेत गठन गरिएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पद तथा गोपनीयताको शपथलगत्तै बसेको मन्त्रीपरिषद्ले यस्तो निर्णय गरेको हो।
कालीगण्डकी नदी राम्दीमा थप डिजाइनसहित नमुना पुल बन्ने भएको छ। पुल महाशाखा काठमाडौँले राम्दीमा ‘आर्च थ्रु डिजाइन’को मोटरेबल पुल निर्माण गर्न लागेको हो। सिद्धार्थ राजमार्ग सडकखण्डको प्रदेश नम्बर ४ को स्याङ्जा र प्रदेश ५ को पाल्पा जोड्ने पुल बनिरहेको छ। अमेरिका र थाइल्यान्डमा पुल क्षेत्रमा काम गर्नुभएका नेपाली डिजाइनरले उक्त पुलको डिजाइन गर्नुभएको हो। आर्च थ्रु डिजाइनमा निर्माण हुन लागेको राम्दी मोटरेबल पुल १०८ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुने पुल सेक्टर पोखराका प्रमुख नवराज बास्तोलाले बताउनुभयो।
निर्वाचनपछि २०७९ पुस २५ मा सुरु भई २०८० वैशाख १५ मध्यरातमा अन्त्य गरिएको सङ्घीय संसद्को पहिलो अधिवेशनले एउटा पनि विधेयक पारित गर्न सकेन । परम्परित मान्यतामा हिउँदे अधिवेशन विधेयक अधिवेशनकै रूपमा हुनुपर्ने थियो तर विधायिकी कार्यमा यो पूर्णतः असफल बन्यो । सरकारका नीति कार्यक्रम र बजेटमा केन्द्रित हुने वर्षे अधिवेशनमा नभ्याइएका विधेयकउपर छलफल गरी कानुन निर्माणमा व्यस्त रहनुपर्ने अधिवेशनले एउटै पनि कानुन बनाउन नसक्नु विडम्बना हो । विधि निर्माणमा मात्र होइन, संसद्प्रति सरकारको जवाफदेहिता, दर्ता प्रस्तावउपरको छलफल र प्रश्नोत्तरसमेत चालु अधिवेशनमा हुन सकेनन् । संसद् बैठकमा मुलुुकको अर्थतन्त्रप्र
राजतन्त्र सकियो, यो केही समयपहिले नै समाप्त भयो तर अझै केही लासहरू नाचिरहेका छन् ।’ –सु टाउनसेन्ड अमेरिकी लेखिका सुले भनेजस्तै देशमा राजतन्त्रको अवस्था देखिएको छ । वैशाख १० गते सम्पन्न उपनिर्वाचनमा राजतन्त्रको मुद्दा यति फितलो बन्यो कि, बारा, चितवन र तनहुँमा राजतन्त्र र हिन्दु राज्यको मुद्दासहित चुनावमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार जमानत जफतमा परे । उनीहरूले ल्याएको मत हजारमा पनि गणना नहुने दिन आयो । अर्थात् २०७९ मङ्सिर ४ गते भएको सङ्घ र प्रदेशको निर्वाचनमा हिन्दु राज्य र राजतन्त्रको मु
मेरो गाउँ (खार्पुनाथ गाउँपालिका) साक्षर भएको छ । हुम्लामा साक्षर हुने गाउँपालिकामा पहिलो र नमुना गाउँ नै घोषणा भएछ । यो खबर सुनेर आज म धेरै खुसी छु । एक किसिमको सपना पूरा भएको छ । यदि खुला दिसामुक्त घोषणा गाउँजस्तै भएनछ भने । ३४ वर्ष अगाडि म बुहारी बनेर त्यो गाउँ (खर्पेलगाउँ) जाँदा आधाजति मात्र युवा साक्षर थिए होलान् । एसएलसी पास गर्नेको सङ्ख्या ज्यादै न्यून थियो । तीन जना छोरीहरू सरकारकै खर्चमा महिला फिडर छात्रावासमा पढिरहेका थिए । त्यतिबेला त्यो पनि ठूलो कुरा हो । अहिले सम्झिँदा लाग्छ ती छोरीहरू भाग्यमानी नै हुन् । ती छोरीहरूका आमाबाबु विशाल छाती भएका महान् व्यक्ति मान्नुपर्छ । । त्यसपछि त्यो गाउँमा साक्षर हुने महिलामा प
आजभोलि पुराना राजनीतिक दलका कुनै पनि नेताको घरमा भात पाक्न छाडेको छ । भुजा ज्युनार हुने नेताको सङ्ख्या बग्रेल्ती बढेको छ । हिजोसम्म साइकलमा सँंगै हिँडेको नेतालाई सवारी होइबक्सियो भन्नुपर्ने बाध्यता उत्पन्न गराइएको छ । छ महिना मात्रै मन्त्री भएको नेता छ भने पनि कार्यकर्ताले उसलाई राजासरह मान्नुपर्ने र नेताले उसलाई रैतीका रूपमा देख्ने प्रवृत्ति सर्वत्र बढेको छ । राजनीतिक दल र दलका नेता जनताका सेवकका रूपमा उपस्थित हुनुपर्नेमा उल्टो दिशामा अघि बढेको अनुभव आम रूपमै गरिँदै आइएको छ ।