जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत सामाग्री बोकेर आइतबार नेपालगन्ज विमानस्थलमा भारतीय वायुसेनाको विमान आइपुगेको छ ।
नेपाल पौडी सङ्घको निमन्त्रणामा अन्तर्राष्ट्रिय पौडी महासङ्घ (वर्ल्ड एक्वाटिक्स) का अध्यक्ष क्याप्टेन हुसेन अल मुसलम नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भूकम्प प्रभावित नागरिकलाई सहयोग गर्ने सन्दर्भमा कुनै कमी हुन नदिइने बताउनुभएको छ ।
बैङ्किङ कसुर मुद्दाका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार राति गएको भूकम्पको कारण रुकुमपश्चिममा भएको क्षति अन्तर्गत मानवीय खोजी र उद्धारको काम सम्पन्न भएको छ ।
जाजरकोटमा भूकम्पबाट ज्यान गुमाएकाहरुको सामूहिक दाहसंस्कार गरिएको छ ।
नयाँ–नयाँ विषयको खोज तथा अनुसन्धान गर्दै धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) ले नेपालमा पहिलो पटक ‘हाइड्रोजन कार’ ल्याएको छ ।
प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका डोटीका दुई विद्यार्थीको शव डोटी ल्याई आफन्तको जिम्मा लगाइएको छ ।
कर्णाली कोरिडोरको हुम्ला खण्डमा नयाँ स्थापना भएको सलीसल्ला बजार क्षेत्रमा सरकारी जग्गाको भाडा व्यक्तिले असुल्दै आएको पाइएको छ ।
नेपाल पर्वतारोहण सङ्घले भूकम्प पीडितलाई सहयोग पुर्याउने उद्देश्यले ३१ लाख ११ हजार एक सय ११ सहयोग गर्ने निर्णय गरेको छ ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले भूकम्पमा ज्यान गुमाउनुभएका जाजरकोट नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहलगायतकालाई आज श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
राष्ट्रिय सभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिले जाजरकोटमा शुक्रबार राति गएको भूकम्पबाट प्रभावितको शीघ्र उद्धार, उपचार तथा एकद्वार प्रणालीबाट राहत वितरणका लागि सरकारलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको विजेता ओमानलाई ट्रफी प्रदान गर्नुभएको छ ।
जाजरकोट जिल्लाको नलगाड नगरपालिका-१ को चिउरी गाउँको चोचे टोल कात्तिक १७ गते राति आएको भूकम्पले ध्वस्त भएको छ । अधिकांश दलित समुदाय रहेको यो बस्तीमा एक सय ८६ घरधुरी रहेकामा अधिकांश घर पूर्णरुपमा र केही घर आंशिक रूपमा क्षति भएपछि चोचे टोलका सबै नागरिक घरबारविहीन भएका छन् ।
नेपाल प्रहरीले नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।