दुई सय चिकित्सक, स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्र खटिएको छ । गत शुक्रवार मध्यरातमा गएको भूकम्पमा परि घाइते भएका सर्व साधारणको उपचारका लागी सात वटै पालिको गाँउबस्ती खटिएको हो ।
शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोटमा भएको क्षतिअन्तर्गत मानवीय खोजी र उद्धारको काम लगभग सकिएको छ ।
लुम्बिनी प्रदेश अन्तर्गत नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालय मातहतका ६ वटा जिल्लाहरूमा आठ दिनको अवधिमा १७ सय सेवाग्राहीबाट झन्डै दुई करोड बाँकी बक्यौता रकम असुल भएको छ ।
रुकुम पश्चिममा भूकम्प परी जिल्ला बाहिरका तीन जना व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पबाट कामको सिलसिला रुकुम पश्चिमको आठविसकोट नगरपालिकमा रहेका तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम पूर्णरुपमा कटौती हुँदा मर्का परेको गुल्मीका स्थानीय सरकारका जनप्रतिनिधिले गुनासो गरेका छन् ।
तनहुँमा ट्याक्टरबाट खसेर सोमबार बिहान ७ः४० बजे एक पुरुषको मृत्यु भएको छ । भिमाद नगरपालिका– ६ का जलौदीका बर्ष ३३ को मीन बहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
किराफट्याङ्ग्रा सामान्यतया रोग सार्ने र मानिसको शत्रुका रूपमा चिनिन्छन् । हामीले देखेमा किराफट्याङ्ग्रालाई मारिहाल्ने वा लखेट्ने गर्छौं । झिङ्गाले रोग सार्छ, लामखुट्टेले रोग सार्ने र टोकेर निद्रा बिथोल्ने तथा सर्पले डस्छ भन्ने सोचाइले हामी किराफट्याङ्ग्रालाई मन पराउँदैनौँ । वैज्ञानिक चाहिँ किराफट्याङ्ग्रालाई पारिस्थितिक प्रणालीको अभिन्न अङ्ग मान्छन् ।
सरकारले भूकम्पबाट मृत्यु भएका मृतकका परिवारलाई जनही दुई लाख वितरणसँगै स्थानीय सरकारले किरिया खर्च समेत उपलब्ध गराएको छ । रुकुम पश्चिममा मृत्यु भएका परिवारलाई किरिया खर्च उपलब्ध गराउन थालिएको हो ।
आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा उहाँ हुनुहुन्छ । दिनभरिको कामको थकानले सबै सुतिरहेको समयमा एक्कासि आएको भूकम्पमा परेर उहाँले अधिकांश परिवारका सदस्य गुमाउनुप¥यो ।
भारत सरकारले उपलब्ध गराएको राहत सामग्री भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम क्षेत्र पठाइने भएको छ । नेपालगन्ज विमानस्थल हुँदै ११ टन सामग्री उक्त क्षेत्र पठाइन सुरु गरिएको हो ।
भूकम्पले जनधनको क्षति गरेपछि रुकुम पश्चिमका विभिन्न स्थानमा रहेका भूकम्प पीडित र प्रभावित परिवारहरूले घरबाहिरै दिनरात कटाउने गरेका छन् ।
नगरपालिकाले शारीरिकरूपमा अशक्त भएकाका लागि ‘ह्विलचियर’ मैत्री फुटपाथसहित सडकको स्तरोन्नति गर्न थालेको हो । खैरहनी नगरपालिकाभित्र खैरहनी चोकदेखि वाड नं १२ को कुमरोज पुग्ने सडक, चैनपुर चोक उत्तरतर्फ पुलदेखि बिन्दवासिनी चोक हुँदै शिवालय जाने सडक, सिमल टाँडी चोकबाट उत्तर दक्षिण दुवैतर्फको सडक, नगरपालिका गेटदेखि चैनपुर चोकसम्म पुग्ने सडक, मगनी
नवलपरासी (बर्दघाट सुस्तापूृर्व)को गैँडाकोट–८ स्थित कालिका नमूना माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत दिनेश बोहोरा हिजोआज झोलामा कपी, कलम मात्र बोकेर विद्यालय जाने गर्नुभएको छ ।
जुद्ध माध्यमिक विद्यालय गौरको छात्रावास भवन १८ वर्षदेखि निर्माणकै व्रmममा अलपत्र रहँदा खण्डहरमा परिणत हुँदै गएको छ । भारतीय दूतावासकोे आर्थिक सहयोगमा २०६२ साल पुस १४ गते छात्रावास भवन निर्माणका लागि शिलान्यास भएको थियो । गौर नगरपालिकाको क्षेत्राधिकारभित्र रहेको उक्त छात्रावा
धनुषा जिल्लाको सीमावर्ती क्षेत्र मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का किसान रामबुझावन यादवको चार कट्ठा चार धुर क्षेत्रफल खेतमा रोपेको हरियो धान भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले काट्न लगाएपछि उक्त जमिन निल्नु न ओकल्नु जस्तो भएको सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सीमास्तम्भ गाडिएपछि उक्त जमिन न बेच्न मिल्यो, न त त्यसमा खेती नै गर्न पाइयो ।”