पश्चिम नेपालमा निरन्तरको भूकम्पले जनजीवन प्रभावित बन्न थालेको छ। डोटी, बाजुरा, अछाम, बझाङ, लमजुङलगायतका क्षेत्रमा भूकम्प दोहोरिन थालेका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखादेखि भारतको देहरादुनसम्मको भूभागमुनि थुप्रिएको भूकम्पको ठूलो शक्ति एकीकृत भएर बसेको छ। यस्तो अवस्थामा सानादेखि मध्यमस्तरका भूकम्पको धक्का जाने क्रम जारी रहन्छ। तर पटकपटकको धक्काले सञ्चित रहेको भूकम्पको शक्ति कम हुँदैन।
नीरा पाण्डे आचार्य हत्या घटना अनुसन्धानलाई प्रहरीले साँघुरो बनाउँदै लगेको जनाएको छ। काठमाडौँको कपनमा रहेको नीरू किचेनकी सञ्चालक आचार्यको पसलभित्र प्रवेश गरेर धारिलो हतियार प्रहार गरी वैशाख ७ गते बिहीबार हत्या भएको थियो। सो हत्या घटनाको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख किरण बज्राचार्यको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ। समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्की, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी, सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्य, प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी, प्रहरी वृत्त बौद्धका प्रमुख हरि बस्नेतलगायत रहनुभएको छ।
पैँतालीस वर्ष मात्र पार गर्दै गर्नुभएका आइतराम बोटेको जिउडाल, कपडा लवाइ, खवाइ हेर्दा लाग्छ उहाँ साठी कटिसकेको हुनुपर्छ । झुस्स दारी, पातलो शरीर, मसिनो बोलीका उहाँको नियमित काम हो जङ्गली जनावर, त्यसमा बाघको नियमित स्याहार सुसार गर्ने । यही कामले उहाँलाई धेरैले ‘बाघ बा’ भनेर चिन्छन् ।
अबको केही दिनसम्म देशव्यापी वर्षा हुने पूर्वानुमान गरिएको छ। सुदूरपश्चिम हुँदै शुक्रबार भित्रिएको वर्षा गराउने प्रणाली नेपालमा सक्रिय भएपछि शनिबार बिहानैदेखि वर्षा सुरु भएको हो। भारतको उत्तराखण्ड र पश्चिम भेग हुँदै नेपाल प्रवेश गरेको जलवाष्पयुक्त प्रणालीले देशका सातै प्रदेशका पहाडी भेगमा शनिबार वर्षा गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् गोविन्द झाले पूर्वतर्फ सर्दै गरेको प्रणाली आइतबारसम्म तराई भेगका सबै स्थानमा वर्षा गराउने गरी अघि बढेको बताउनुभयो।
राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा राम्रो सुधार भएको छ । भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उहाँको उपचार भइराखेको छ ।
डोल्पामा यार्सागुम्बा सङ्कलनका लागि आगामी जेठ १ गतेदेखि सम्पूर्ण यार्सा पाटन खुला गरिने भएको छ।
जलबायु परिवर्तनले खेतीबालीमा समेत असर गर्न थालेपछि कैलालीमा जलवायू अनुकुलन कृषक पाठशाला कार्यक्रम सञ्चालन भएको छ । चार महिनासम्म जलवायु अनुकूलन कृषक पाठशाला कार्यक्रम सञ्चालनगरी यहाँका महिलालाई जलबायु परिवर्तनले हुने विभिन्न परिस्थितिमा कसरी तरकारी खेती उत्पादन गर्न सकिन्छ भन्नेबारे सिकाइएको छ ।
नेपाली सेनाको वीरदल गण रौतहटको अगुवाईमा शनिबार आयोजित स्वास्थ्य शिविरमा आठ सयभन्दा बढी बिरामीले उपचार गराएका छन् । रौतहटको चन्द्रपुर नगरपालिका –८ मा रहेको शिवशक्ति आधारभूत आवासीय विद्यालय मोतिपुरमा सञ्चालित स्वास्थ्य शिविरमा विरामीले निःशुल्क उपचार पाएका हुन् ।
शनिबार अपरान्ह्पछि भारी वर्षाका कारण काठमाडौँ न्यूप्लाजा क्षेत्रको जलमग्न सडक ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको नेतृत्व गर्नेले नै प्रतिबद्धता विपरितको काम गरेकोपछि सरकारबाट बहिरिएको बताउनुभएको छ।
पौडी खेल्नेक्रममा एक जना युवा नदीमा बेपत्ता भएका छन् । जिल्लाको रामपुर–४, कोप्चेघाँटस्थित कालीगण्डकी नदीमा पौडी खेल्नेक्रममा भारत घरभई हाल रामपुर –५, बेझाडस्थित एडइक्ट ट्याटु हाउसमा काम गर्ने २१ वर्षका अभिषेक राउत बेपत्ता भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण घट्दैगएको छ । चैत अन्तिमदेखि उकालो लागेको सङ्क्रमण दर वैशाख दोस्रो साताबाट ओरालो लागेको हो । सङ्क्रमण घटेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घटेको छ ।
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको ‘जिन्दगीका तरेली’ नामक गीति एल्बम लोकापर्ण गरिएको छ। उहाँका पिता कुलबहादुर श्रेष्ठ र माता लक्ष्मीदेवी श्रेष्ठले शनिबार आयोजित समारोहमा उक्त एल्बम सार्वजनिक गर्नुभएको हो।
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारका सकारात्मक कामलाई नकारात्मक रूपमा प्रचार नगर्न आग्रह गर्नुभएको छ ।
रुपन्देहीमा प्रथम बुटवल मेयर कप टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ ।