झापाको पाडाजुँगी गौरीगन्ज सडकखण्डको स्तरोन्नतिका लागि साढे तीन किलोमिटर भत्काइएको सडक वर्षदिन अघिदेखि अलपत्र पारिएपछि स्थानीयले ठाउँठाउँमा अवरोध गरेका छन् ।
नेकपा (एमालें बाँकेले जाजरकोटका भूकम्प प्रभावित नागरिकका लागि पाँच लाखभन्दा बढीको राहत सामग्री पठाएको छ । एमालेका केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको नेतृत्वमा एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिसहितको टोली पाँच लाख बढीको विभिन्न राहत सामग्रीसहित जाजरकोट जानु भएको हो ।
म्यान्माको जुन्ता सरकारसँग लड्ने सशस्त्र समूहहरूले एउटा रणनीतिक व्यापारिक चौकीलाई कब्जामा लिएको भन्दै चीनका एक वरिष्ठ कूटनीतिज्ञले आफ्नो साझा सीमा स्थिरतामा ‘सहयोग’ गर्न म्यान्मासँग आग्रह गर्नुभएको छ ।
रुकुमपश्चिममा भूकम्पमा परी तीन जना जिल्ला बाहिरका व्यक्तिको मृत्यु भएको छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको छ दशमलव चार रेक्टर स्केलको भूकम्पमा जिल्ला बाहिरका तीन व्यक्तिको मृत्यु भएको हो ।
भूकम्पमा परी घाइते भई भएकी एक गर्भवती महिलाको पेटबाट मृत बच्चा निकालिएको छ । भेरी अस्पतालमा उपचाररत नलगाड गाउँपालिका–६, जाजरकोटको १९ वर्षीया गर्भवती महिला जमुना बुढामगरको पेटबाट मृत बच्चा निकालिएको हो ।
नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बिहान ८ः३० बजेदेखि बैठक सुरु भएको सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
महोत्तरीको जलेश्वर नगरपालिका–८ रतवारामा राति एक घरमा चोरी भएको छ । आइतबार राति रतवारा बस्ने भुवनेश्वर चौधरीको घरमा चार–पाँच जनाको समूहमा आएका व्यक्तिले चोरी गरेको हो ।
अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको निमन्त्रणामा अमेरिका आउनुभएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको भ्रमण व्यस्त कार्यतालिकाका साथ सम्पन्न भएको छ । लामो समयपछि दुई देशबीच परराष्ट्र मन्त्रीस्तरमा द्विपक्षीय वार्ता सौहार्दपूर्ण रुपमा फलदायी भएको छ ।
नबिल बैंक लिमिटेडले पश्चिम नेपालको भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत सामग्री उपलब्ध गराएको छ । प्रभावित क्षेत्रको जनताको उद्धार तथा राहतका लागि बैंकले एक करोड रुपियाँ बराबरको राहत सामग्री वितरण गर्ने निर्णय गरेको हो ।
शुक्रबार राति गएको भूकम्पमा परी मृत्यु हुनुभएको ६६ वर्षीया इन्दिरा शाहको काजकिरिया छोरीको घरबाट गरिएको छ ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिका रहेको पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका एक सय ५७ मध्ये ७८ बालबालिका रहेका छन् ।
भारत सरकारबाट प्राप्त दुई ट्रक राहत सामग्री र सुरक्षाकर्मीसहितको टोली नेपालगञ्ज विमानस्थलबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमतर्फ पठाइएको छ ।
“जनताका जे जस्ता माग र आवश्यकता लिएर आइएको थियो, त्यो सम्बोधन नभएको अनुभव छ, विधेयकमै पनि सही थाप्नेजस्तो मात्र भएको छ, यस अवस्थामा पनि जिल्ला र राष्ट्रका जल्दाबल्दा विषय सदनमा शून्य, विशेष र आकस्मिक समयमा निरन्तर उठाउँदै आएकी छु ।”
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्नुभएको छ ।
विश्व तेक्वान्दो र दक्षिण कोरियाली खेल मन्त्रालयले आयोजना गरेको वर्ल्ड र्याङ्किङ जी फोर प्रतियोगिताअन्तर्गत दक्षिण कोरियाको मुजुमा आयोजना भएको विश्व तेक्वान्दो पुम्से ओपन च्यालेन्जमा नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्नुभएको छ ।