मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रविरुद्ध राजस्व चुहावटको आरोपमा दुई करोड नौ लाख ३१ हजार ६४७ रुपियाँ भ्रष्टाचार मुदा दायर भएको छ ।
गत शुक्रबार रामपुर आधारभूत विद्यालय रामपुर –५ पाल्पाका विद्यार्थीले दीपावलीका लागि माटोको पाला तयार गरे । परम्परागत शैलीमा कपासको बाटी काट्न पनि उनीहरूले सिके ।
नेपालीहरूको दोस्रो ठुलो पर्व हो तिहार । तिहारको प्रमुख विशेषतामध्ये एक हो दीपावली अर्थात् झिलिमिली बत्ती बाल्ने । पछिल्ला केही दशकयता विद्युतीय बत्तीको प्रयोग बढे पनि माटोको दियो बाल्ने परम्परागत प्रचलन पनि उत्तिकै प्रयोगमा छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर पहलपछि साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिने भएको छ ।
नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलले कर्णाली प्रदेशको भूकम्पपीडितका लागि ६ लाख सहयोग रकम उपलब्ध गराउनेभएको छ ।
‘‘भूकम्प जाँदा घरमा हामी पाँच जना सुतिरहेका थियौँ । अचानक घर हल्लायो । सपना जस्तै लागेको थियो । उठ्न नभ्याउँदै घर भत्कियो । हाम्रो घर गर्ल्यामगुर्लुम्मै ढल्यो । रुवाबासी मच्चियो । माथिबाट खसेको काठ तेर्सो परेको हुनाले हामी बाच्यौँ । आमा र दाइ च्यापिनुभयो”, ओठ कपाउँदै अनि आँखभरि आँसु बनाउँदै आफ्ना पीडा सुनाउनुभयो भेरी नगरपालिका–१ जाजरकोटकी यमुना रावलले ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –७ शान्तिपुरस्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा हत्या गरिएको अवस्थामा वृद्धाको शव फेला परेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानीको वातावरण बन्दै गएको भन्नुहुँदै लगानी गर्न आह्वान गर्नुभयो । उहाँले अहिले मुलुकको अर्थतन्त्र सुदृढ बन्दै गएको र लगानीको उचित अवसर सिर्जना भएको बताउनुभयो ।
वायु प्रदूषण बढ्दै गएपछि भारतको दिल्लीमा प्राथमिक विद्यालयहरू बन्द गरिएका छन् । भारतको राजधानी दिल्ली र वरपर वायु प्रदुषणको स्तर बढ्दै गएपछि भारतको दिल्लीका सबै प्राथमिक विद्यालयहरू नोभेम्बर १० सम्म बन्द रहने दिल्लीका शिक्षामन्त्री आतिशी मार्लेनाले आइतवार घोषणा गर्नुभयो ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता र समावेशी खारेज गर्न एउटा पक्ष लागिरहेको आरोप लगाउनुभएको छ ।
विभिन्न सङ्घसंस्था एवम् स्थानीय सरकारले आफू अनुकलन राहत पठाउन थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भूकम्प प्रभावित क्षेत्रमा पठाइने राहत तथा सहयोग कार्यलाई एकद्वार बनाउने निर्णय गरेको छ ।
सहमति विपरीत गठबन्धनलाई सरकारमा समावेश गरेको भन्दै सरकारबाट बाहिरिएको नेकपा (एमाले) ले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन कायम राख्दै प्रतिपक्षी बेञ्चमा बस्ने निर्णय गरेको छ ।
धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङ खोलामा बेलीब्रिज निर्माण गरिने भएको छ । सडक खन्न सुरु गरेको करिब चार दशकपछि खनियाँबास गाउँपालिकामा पर्ने किन्ताङ फेदीमा सिङ्गल बेलीब्रिज निर्माण सुरु गरिएको हो ।
कलिन फिलिप स्मिथ (पुतली बाजे) को पार्थिव शरीरलाई श्रद्धाञ्जलिका लागि राखिएको छ । सोमबार उहाँको पार्थिव शरीरलाई अन्ति श्रद्धाञ्जलीका लागि अन्नपूर्ण नेचुरल हिस्टोरी म्युजियममा राखिएको हो ।
गुल्मीको एक पसलमा आगलागी हुँदा ३५ लाख रुपियाँ बराबरको क्षति भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका –७ देउराली चारपाला फेदीमा टोपबहादुर बस्नेतको पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको हो ।