द्वन्द्वग्रस्त सुडानबाट शनिबार बिहान ४८ जना यात्रुहरू टोकियो पुगेका छन् । जापानी नागरिकहरू चार्टर्ड उडानबाट शुक्रबार स्वदेश फर्काइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले अनुचित लेनदेन (मिटरब्याज) पीडितबाट निवेदन माग गरेको छ । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग २०७९ बाट निवेदन आह्वान भएबमोजिम पीडितहरूको नाम सङ्कलन गर्ने उद्देश्यले प्रशासनले निवेदन माग गरेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बैङ्क तथा वित्तीय संस्थालाई ‘नयाँ शोषक’को संज्ञा दिनु भएको छ ।
कैलालीमा एक बुबाले आफ्नै जवान छोराको हत्या गरेका छन् । धनगढी उपमहानगरपालिका –६ मटियारीका ४७ वर्षीय महेशकुमार चौधरीले २१ वर्षीय छोरा अर्जुनको हत्या गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले शुक्रबारदेखि अनुचित लेनदेन (मिटरब्याज) बाट पीडितहरूको निवेदन सङ्कलनका लागि पीडित सहयता कक्ष सञ्चालनमा ल्याएको छ ।
आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताउनुभएको छ ।
राप्ती गाउँपालिकाले जिल्लामै पहिलो पटक किसानले उत्पादन गरेको तरकारीको बजारीकरणका लागि सहयोग गर्ने उद्देश्यले ‘कृषि एम्बुलेन्स’ सञ्चालनमा ल्याएको छ ।
चालु आर्थिक वर्षको चैत महिनामा मात्र सरकारले करिब साढे ३३ अर्ब रुपियाँ बराबर रकमान्तर, स्रोतान्तर र थप निकासा गरेको छ ।
मध्यपहाडी लोकमार्ग छेउमै छ नरठाँटी बजार । हिउँदको महिनामा यहाँ सहजरुपमा गाडी आवतजावत गरे पनि बर्खाको करिब चार महिना यातायात ठप्प हुन्छ ।
उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिउक्वान सहरमा शनिबार भएको सडक दुर्घटनामा छ जनाको मृत्यु हुनाका साथै अन्य १२ जना घाइते भएका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपालको फुटबल विकास र फुटबल सम्बन्धी विभिन्न गतिविधि सञ्चालनका लागि साउदी अरब फुटबल महासङ्घसँग सम्झौता गरेको छ ।
चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्यूटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । नयाँवर्षसँगै यहाँ सञ्चालनमा आएको केबलकारले यहाँको पर्यटकीय गतिविधि बढाएको हो ।
कहीँ तपाई वीरगञ्ज महानगर क्षेत्रमा जथाभाबी फोहोर त फाल्दै हुनुहुन्न ? यदि जथाभाबी फोहोर फाल्दै हुनुहुन्छ भने अबदेखि नफाल्नुहोला । नत्र तपाईँमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा दर्ता गरिनेछ ।
एसीसी प्रिमियर कप क्रिकेट अन्तर्गत नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेलमा वर्षा वाधक बनेको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेल वर्षका कारण रोकिएको छ ।
धुवाँ, धुलो भीड भाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौं सहर घुम्दा यस्तै लाग्छ ।